STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

माधव नेपाललाई कोरोना संक्रमण

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण २७, शुक्रबार

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई कोरोना संक्रमण भएको छ ।

बिहीबार गरिएको परीक्षणमा आफूलाई कोरोना संक्रमण देखिएको उनले आफ्नो सामाजिक सञ्जालमार्फत् जानकारी दिएका हुन् ।

उनका अनुसार उनमा कोरोनाको सामान्य लक्षण देखिएको छ । आफू घरमै आराम गरिरहेको पनि उनले जानकारी दिएका छन् ।

अध्यक्ष नेपालले फेसबुकमा लेखेका छन्, ‘स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको कुरा सबैमा सविनय अनुरोध छ ।’

Categorized in व्यक्तित्व