STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एलोन मस्कद्वारा ट्वीटर किन्ने प्रस्ताव

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख २, शुक्रबार

एजेन्सी - विश्वको सबैभन्दा धनी व्यक्ति तथा इलेक्ट्रिक कार कम्पनी टेस्लाका संस्थापक एलोन मस्कले ट्वीटर किन्न प्रस्ताव गरेका छन् । एलोन मस्कको यो अफरपछि ट्वीटरको शेयर ह्वात्तै बढेको छ । इलोन मस्कले ट्विटरको ९.२ प्रतिशत शेयर किनेर यो अफर दिएका हुन् ।

एलोन मस्कले ट्वीटर किन्न ४१.३९ विलियन डलर अर्थात् ९३.२ लाख करोड रुपैयाँ तिर्ने बताएका छन् । एक रिपोर्टका अनुसार यदि सम्झौता फाइनल भएमा मस्कले प्रस्ताव गरे अनुसार ट्वीटरको प्रति शेयरको लागि ५४.२० डलर तिर्नेछन् ।

मिडिया रिपोर्टका अनुसार एलोन मस्कले यूएस सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिशनमा फाइलिङ गर्दै यस अफरको बारेमा जानकारी दिएका छन् । यो खबर मिडियामा आएपछि ट्वीटरको शेयर ४५.८५ डलरको स्तरमा पुगेको छ । एलोन मस्क २५९ बिलियन डलरको सम्पत्तिका हुन् ।

यसअघि ट्वीटरको ९.२ प्रतिशत सेयर किनेका एलोन मस्क ट्वीटरको बोर्डमा सामेल हुने खबर आएको थियो । तर, पछि उनले उक्त प्रस्ताव अस्वीकार गरे । ट्वीटरका सीईओ पराग अग्रवालले ट्विट गर्दै यसको जानकारी दिएका हुन् ।

यससँगै अग्रवालले मस्कको सल्लाहलाई कम्पनीमा सधैं स्वागत गरिने बताएका थिए । पराग अग्रवालले गरेका ट्वीटमा भनिएको छ, ‘बोर्डमा एलोन मस्कको नियुक्ति अप्रिल ९ बाट लागू हुने भनिएको थियो तर, एलोन मस्कले बोर्डमा सामेल हुन अस्वीकार गरे । मलाई आशा छ कि उनले यो निर्णय राम्रोको लागि लिएका छन् ।’

ट्वीटरको सबैभन्दा ठूलो शेयर को–कोसँग छ ?

    एलोन मस्क–९.२ प्रतिशत
    भ्यानगार्ड समूह – ८.८५
    मोर्गन स्टेनली – ८.४ प्रतिशत
    ब्ल्याकरक– ६.५ प्रतिशत
    स्टेट स्ट्रीट कर्पोरेशन – ४.५ प्रतिशत
    ज्याक डोर्सी – २.३ प्रतिशत

Categorized in विज्ञान-प्रविधि