STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

थपिए २४०१ जना कोरोना संक्रमित, थप १४ जनाको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७८ माघ २६, बुधबार

माघ २६, काठमाडौं -  नेपालमा थप २४०१ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ७ हजार ७७७ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप १४ संक्रमितको मृत्यु भएको छ। नेपालमा हालः ३० हजार २४१ सक्रिय संक्रमित रहेका छन्।

Categorized in स्वास्थ्य-मौसम