नेपाल संवत् न्हूदँ समारोह समिति ११४१ का अध्यक्ष रमेश महर्जन रहेनन्
Janjati Khabar – Janjati Khabar | २०७८ कार्तिक १, सोमबार
नेपाल संवत् न्हूदँ समारोह समिति ११४१ का अध्यक्ष रमेश महर्जनकाे निधन भएकाे छ ।
५४ वर्षीय महर्जनलाई कोरोना संक्रमण भइरहेकाे थियाे भने उहाँलाई निमाेनियाले समातेपछि आज साेमबार उहाँकाे मृत्यु भएकाे पारिवारिक स्राेतले जनाएकाे छ ।
दिवंगत रमेश महर्जन उद्योगी एवं समाजसेवी थिए भने उहाँ रत्न आभूषण महासंघका पनि अध्यक्ष हुनुहुन्थ्यो ।
यसैगरी दिवंगत महर्जन नेपाल मण्डल टेलिभिजनका अध्यक्ष तथा विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य पनि हुनुहुन्थ्यो ।
Categorized in व्यक्तित्व