STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रमण घिमिरेलाई कुमार-सरस्वती साहित्य पुरस्कार

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ फाल्गुण २१, शुक्रबार

बासु शशी स्मृति परिषद्को  बैठकले   विगत चार दशकदेखि नेपाली भाषा, साहित्य तथा पत्रकारिता क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै आउनु भएका  साहित्यकार रमण घिमिरेलाई 'कुमार-सरस्वती साहित्य पुरस्कार–२०७७' प्रदान गर्ने निर्णय गरेको छ ।

साहित्यकार घिमिरे का 'एक दर्जन एक',   ' ...अर्थात् हामी' र 'सूत्रधार' नामक निबन्धसङ्ग्रह प्रकाशित छन् भने दुई सय भन्दा बढी गीतहरू  रेकर्ड भइसकेका छन् ।

घिमिरे  साधना सम्मानका साथै   विभिन्न पुरस्कार तथा सम्मानहरूबाट पुरस्कृत एवम् सम्मानित हुनुहुन्छ ।

परिषद्का अध्यक्ष गणेश रसिकको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले साहित्यकार घिमिरेलाई सर्वसम्मतिले पुरस्कृत गर्ने निर्णय गरेको हो । उक्त सम्मान तथा पुरस्कार वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८५औं जन्मजयन्तीको अवसरमा आगामी चैत्र १३ गते प्रदान गरिने र पुरस्कारको राशि रू. २५,०००।-(पच्चीस हजार) रहेको परिषद्का सचिव प्रद्युम्न जोशीले बताएका छन् ।

Categorized in साहित्य-कला