STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कमलपोखरीको जमिनबारे पत्रकार सम्मेलन गरेर सत्य–तथ्य जानकारी दिने मेयर शाक्यको दावी

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ माघ ७, बुधबार

काठमाडौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले कमलपोखरी पुर्ननिर्माणका सन्दर्भमा छिट्टै पत्रकार सम्मेलन गरेर यथार्थ जानकारी दिने बताउनु भएको छ । आज काठमाडौँ महानगरपालिकाको आठौँ नगरसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले महानगरपालिकाले तयार पारेको ड्रइङ–डिजाइन र गर्न खोजेको कामलगायतका बारेमा त्यहाँको सबै बस्तुस्थितिबारे छिटै पत्रकार सम्मेलन गरेर जानकारी गराउँछौँ भनेर शाक्यले भन्नु भएको छ ।

मेयर शाक्यले कमलपोखरीको ड्रइङ डिजाइन सो क्षेत्रका तत्कालीन संघीय सांसद  गगन थापा, प्रदेश सांसद, सो क्षेत्रका पुराना विज्ञ, जेष्ठ नागरिक, स्थानीय संघ–संस्था सबैसँग पटक–पटक छलफल गरेर सबैको सहमतिमै पुनर्निर्माणको काम अघि बढाएको पनि जानकारी दिनुभयो ।  

पुरातत्व विभागले निर्माण कार्य रोक्नु भनेर आदेश दिए पनि महानगरपालिकाले पालना नगरेको भन्दै समाचार आइरहेको सन्दर्भ लाई सम्बोधन गर्नु हुँदै त्यसप्रति पनि ध्यानाकर्षण भएको बताउनुभयो । 

अहिले विभिन्न सञ्चारमाध्यममा कमलपोखरी मिचियो, त्यहाँ कंक्रिटको प्रयोग गरेर सम्पदा मास्ने काम भयो भन्ने जस्ता समाचार आइरहेको भन्दै सञ्चारमाध्ययममा आए जस्तो कमलपोखरीको जमिन एक इन्च पनि नमिचिएको उहाँले दाबी गर्नु हुँदै  कमलपोखरी पुनर्निर्माणका क्रममा त्यस आसपासका भौतिक संरचना हटाउनेलगायतका कार्य गर्दा त्यहाँको क्षेत्रफल अझ बढेको भन्नु हुँदै पुनर्निर्माणकै क्रममा करीब पाँच रोपनी क्षेत्रफलमा रहेको महानगरीय प्रहरी वृत्त कमलपोखरीलाई अन्यन्त्र सार्दा कमलपोखरी आसपासको क्षेत्र स्वतः बढेको छ पनि भन्नु भयाे ।   

मेयर शाक्यले सम्पदा मासेर कंक्रिट प्रयोग भयो भनेर प्रचारप्रति पनि आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो ।   

पहिला पनि त्यहाँ सांसद थापालगायतको पहलमा विभिन्न चरणमा ढुंगा छाप्ने, सिँढी बनाउने लगायतका काम भएको भन्दै त्यहाँ महानगरपालिकाले  काम गर्नु भन्दा अघि नै कंक्रिट संरचना निर्माण भएको बताउनुभयो ।  

उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पनि आफु काम रोक्नुर्पछ भन्ने पक्षमा नरहेको भन्दै समाधानको उपाय खोजी अघि बढ्नु पर्नेमा जोड दिनुभयो र पोखरी बनाउनुपर्छ भन्नेमा मेरो कुनै असहमती छैन भनि उहाँले भन्नुभयो ।

Categorized in उपत्यका