फेसबुक फोटाेमा ‘कमेन्ट’ गरेकै नाममा झडप
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २७, शनिबार
काठमाडाैं – फेसबुककाे फोटाेमा ‘कमेन्ट’ गरेकै नाममा जनकपुरधाममा दुई समूहबीच झडप भएको छ भने झडप नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नु परेको छ।
जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठामा शनिबार झडप नियन्त्रणका लागि प्रहरीले सात राउण्ड अश्रुग्यास प्रहार गरेको हो।
मुस्लिम समुदायको दाहा मोहर्रम पर्वको लागि बनाइएको दाहाको फोटोमा समाजिक सञ्जाल फेसबुकमा कमेन्ट गरेकै नाममा दुई पक्षबीच विवाद भएको हो।
पैठाकामा एक हिन्दु समुदायका युवाले मोहर्रमको बनाइने दाहाको फोटोलाई सामाजिक सञ्जालमा टिप्पणी गरेपछि युवाबीच विवाद भएको थियो। झडप उग्रह बन्दै गएपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए।
विवादको क्रममा दाहा मोहर्रमका लागि बनाइएको दाहामा आगो लगाइएपछि आक्रोशित समूहले एक किराना पसलमा समेत तोडफोड गरेका छन्। यद्यपि दाहामा आगो कसले वा किन लगाइएको त्यो विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Categorized in राष्ट्रिय