STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७६ माघ १३, सोमबार

    ओखलढुङ्गामा जीप दुर्घटना, एकको मृत्यु, तीन घाइते

    ओखलढुङ्गामा आज बिहान सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चालकसहित अन्य तीन जना गम्भीर घाइते भएका छन् । चम्पादेवी गाउँपालिका–५ को सिद्धडाँडामा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा सोही ठाउँका ५५ वर्षीय सन्तोष विश्वकर्माको घटनास्थलमै ज्यान गएको हो । गाउँबाट बिरामी लिएर ओखलढुङ्गा सदरमुकामस्थित मिसन अस्पताल आउँदै गरेको बा २१ च ७३६१ नम्बरको बोलेरो आज बिहान ६ः३० बजेको समयमा दुर्घटना हुँदा...

  • २०७६ माघ १३, सोमबार

    एनसेल टावरमा आगजनी

    खैरहनी नगरपालिकामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ । खैरहनी नगरपालिका–२ मा केशवराज दवाडीको जग्गामा राखिएको एनसेलको टावरमा आगजनी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट जेनेरेटर र ट्रान्सफर्मरमा क्षति पुगेको छ । आइतबार राति १०ः४५ बजे अज्ञात समूहले टावरमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । कोइरालाका अनुसार...

  • २०७६ माघ १३, सोमबार

    नगदसहित १६ जुवाडे पक्राउ

    प्रहरीले गएराति धनगढी उपमहानगरपालिका–३ स्थित एक व्यक्तिको घरबाट नगदसहित १६ जुवाडे पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले प्रहरी टोलीले वडा नं ३ रोस हाउस रेष्टुरेन्ट पछाडि रहेको तिलक अधिकारीको घरमा जुवातास खेलाइराखेको अवस्थामा नगद रु २२ लाख ८२ हजारसहित जुवाडे पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ पर्नेमा रवीन्द्र शाही, धिरेन्द्र चन्द, भुवन कुँवर, तिलक...

  • २०७६ माघ १३, सोमबार

    रु एक करोड ६० हजारको सुन बरामद

    रसुवागढी नाकाबाट अवैध तरिकाले नेपाल भित्र्याइएको सुन आज यहाँ बरामद भएको छ । पाँच टुक्रा बरामद गरिएको सुनको मूल्य रु एक करोड ६० लाख रहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिनुभयो । सुन ल्याइँदै गरेको सुराकीका आधारमा सीमा प्रहरीचौकी टिमुरेले ना १ ज ३५४२ नंको टाटासुमो जीप खानतलास गरी घटृेखोलाबाट बरामद गरेको बताइएको छ । साढे दुई केजी सुनमध्ये एक केजी चालकले कम्मरमा बाँधेको र डेढ केजी...

  • २०७६ माघ १०, शुक्रबार

    फरार प्रतिवादी पक्राउ

    लागुऔषध मुद्दामा जिल्ला अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–६ बस्ने २७ वर्षीय बमबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । विकलाई व्यास नगरपालिका–३ दमौली बजारबाट बिहीबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिनुभयो । पक्राउ परेका विकलाई जिल्ला अदालत पेश गरिएकोमा तोकिएको कैद...

  • २०७६ माघ १०, शुक्रबार

    जलेर एकल महिलाको मृत्यु

    सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुरमा आज बिहान आगलागी हुँदा एकल महिलाको मृत्यु भएको छ भने करिब रु दुई लाख मूल्य बराबरको क्षति भएको छ । अचानक विद्युत् भार कटौती भएर बिहान आगलागी हुँदा कर्जन्हा नगरपालिका–४ निवासी १७ वर्षीय एकल महिला चुनचुनकुमारी नायकको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागी भएको घरमै सुतिरहेकी चुनचुनको जलेर मृत्यु भएको र उहाँको शव परीक्षणका लागि लहानस्थित रामकुमार उमा स्मारक...

  • २०७६ माघ ९, बिहिबार

    छुरा प्रहारबाट एकको मृत्यु, दुई पक्राउ

    मदिरा सेवा गरी सामान्य विवाद हुँदा आफ्नै साथीको छुरा प्रहारबाट एक किशोरको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–६ भोलाछेंमा भएको विवादमा छुरा प्रहार गर्दा भक्तपुर–१० चोखा कमलविनायक बस्ने १५ वर्षीय रोहन सुवालको बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । छुरा प्रहारपछि फरार रहेका १५ र १६ वर्षीय दुई किशोरलाई प्रहरीले सिद्वपोखरीस्थित कान्तिपुर गेष्टहाउसबाट पक्राउ गरी अनुसन्धान शुरु गरेको महानगरीय...

  • २०७६ माघ ९, बिहिबार

    बलात्कार आरोपित पक्राउ

    इलाका प्रहरी कार्यालय कल्याणपुरले चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । खडक नगरपालिका–५ का २५ वर्षीय रामभगत चौधरीलाई सो आरोपमा बुधबार पक्राउ गरिएको हो । पीडितका बुवाले उजुरी दिएपछि प्रहरीले आरोपितलाई पक्राउ गरेको जनाएको छ । आरोपितले ललाइफकाइ आफ्नो घरमा लगेर माघ ३ गते बालिका बलात्कार गरेको पीडितले दिदीलाई बताएपछि घटना सार्वजनिक भएको हो ।

  • २०७६ माघ ९, बिहिबार

    बाल्टिनमा डुबेर मृत्यु

    जिल्लाको कविलासी नगरपालिकामा बाल्टिनमा डुबेर १२ महिनाकी एक बालिकाको मृत्यु भएको छ । नगरपालिका–८ अगर्वा बस्ने सरोजकुमार यादवको छोरी नन्दनी यादव खेल्ने क्रममा बुधबार बाल्टिनमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विक्रम साहले जानकारी दिनुभयो ।

  • २०७६ माघ ९, बिहिबार

    दिपक मनाङे पक्राउ ।

    गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दिपक मनाङेलाई जिल्ला प्रहरी कार्यलय कास्कीले प्रक्राउ गरेका छन् । पोखराको लेकसाइडमा रहेको होटल प्याराडाइजबाट बिहिवार दिउँसो उनलाई सादा पोसाकमा खटिएका प्रहरीले प्रकाउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले मनाङेलाई पक्राउ गरिएको पुष्टि गर्दै अनुसन्धान थालिएको जानकारी बताए । मनाङेले मंगलबार अखिल फुटबल संघ (एन्फा...

  • २०७६ माघ ८, बुधबार

    तस्करले थापेको पासोमा चितुवा

    तस्करले थापेको पासो धराप मा चितुवा परेपछि उद्धारको प्रयास भइरहेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित सिद्धनाथ सामुदायिक वनमा तस्करको पासोमा परेका चितुवाको उद्धारका लागि नेपाली सेनाको सिंहसार्दुल गुल्म भगतपुर, सीमा प्रहरीचौकी ब्रह्मदेव तथा डिभिजन वन कार्यालय कञ्चनपुरको टोली उद्धारमा खटिएको छ । भीमदत्त नगरपालिकाले चुरेको फेदमा छाडा गाईवस्तुका लागि निर्माण गरेको गौशालाको रेखदेखमा...

  • २०७६ माघ ८, बुधबार

    अफगानिस्तान र पाकिस्तानमा राष्ट्रसंघीय सहायता संस्थाको सहयोग

     अफगानिस्तान र पाकिस्तानका चिसो पीडित नागरिकहरुलाई संयुक्त राष्ट्रसंघीय संस्थाहरुले सहयोग गरिरहेको ती संस्थाले जनाएका छन् । चिसोका कारण समस्यामा परेका नागरिकलाई राष्ट्रसंघीय निकायहरुले सहयोग गरिरहेको संयुक्त राष्ट्रसंघीय प्रवक्ताले मङ्गलबार जानकारी दिनुभएको छ । ती निकायहरुले दुई देशका चिसो पीडितलाई न्यानो कपडा, ज्याकेट, कम्बल एवं खाना उपलब्ध गराएका छन् । राष्ट्रसंघीय महासचिव एन्टोनियो...

Pages