STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७६ फाल्गुण १२, सोमबार

    उडिरहेको हेलिकोप्टरले सामान झारेपछि गठित छानबिन समिति सोलुखुम्बुमा

    उडिरहेको हेलिकोप्टरले जस्तापातासहितको सामग्री खसालेको विषयमा अध्ययन गर्न बनेको छानबिन समितिले स्थलगत निरीक्षण गरेको छ । पाइलट गुञ्जमान लामाको नेतृत्वमा गठित तीन सदस्यीय टोलीले आइतबार हेलिकोप्टरमार्फत टाक्सिन्दु पुगेर अवलोकन गरेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमनाथ अधिकारीले जानकारी दिनुभयो । छानबिन समितिका संयोजक लामासहित सदस्य एरोनोटिकल प्राविधिक रिकेश पन्त, कैलाश एयरका सेफ्टी...

  • २०७६ फाल्गुण १२, सोमबार

    खैरो हेरोइनसहित युवती पक्राउ

    नेपाल प्रहरीले खैरो हिरोइनसहित एक युवतीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले काँकडभित्ताबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ५७०२ नम्बरको यात्रुबाहक बसमा ४।२६ ग्राम खैरो हिरोइन लुकाएर ल्याएको अवस्थामा झापा शिव सतासी नगरपालिका–११ की २३ वर्षीया वीना डाँगीलाई आइतबार साँझ पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले...

  • २०७६ फाल्गुण ११, आइतबार

    कुखुरा फार्ममा आगलागी हुँदा १० लाख क्षति

    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको कुखुरा फार्ममा आगलागी हँुदा रु १० लाख बढीको क्षति भएको छ । स्थानीयवासी किष्ना भण्डारीले सञ्चालन गर्दै आउनुभएको सो फार्ममा शनिबार विद्युत् चुहिएर  आगलागी हुँदा बेच्न तयारी अवस्थाका राखिएका चार हजार कुखुरा र तीन हजार चल्ला जलेर नष्ट भएको हो ।  कमाइ खाने  सहारा फार्म थियो उहाँले भन्नुभयो, “ जलेपछि निकै ठूलो घाटा व्यहोर्नुपरेको छ, पुनः फार्म सञ्चालन...

  • २०७६ फाल्गुण ११, आइतबार

    पशुपति क्षेत्रमा फूलमाला चोरिँदै, फोहर थुप्रिँदै

    महाशिवरात्रिमा पशुपति क्षेत्रको सजावटमा राखिएको फूलमाला चोरी हुन थालेको छ । पशुपति क्षेत्र विकास कोषको पहलमा भक्तजनकै सहयोगमा यस वर्ष करिब रु दुई करोड बराबरको फूलमालाले पशुपति क्षेत्र सजावट गरी आकर्षक बनाइएको थियो । देश विदेशबाट आउने भक्तजनका लागि यस वर्ष पशुपति क्षेत्रमा आउने साधुसन्तभन्दा पनि सजावट नै आकर्षण बनेको थियो । त्यो आकर्षण एक दिन पनि बढ्न सकेन । शुक्रबार दिनभर छ हजारभन्दा बढी...

  • २०७६ फाल्गुण १०, शनिबार

    सेनाद्वारा बम निष्क्रिय

    यहाँस्थित बडीमालिका नगरपालिका–९मा रहेको पीसविन बाजुराको कार्यालय र रेडियो बाजुराको नजिकै राखिएको बम समरजीत गुल्मका सेनाले निष्क्रिय पारेको छ । शुक्रबार राती अज्ञात समूहले रेडियो बाजुरा नजिक कालो झोलामा बेवारिसे अवस्थामा राखिएको बम आज सेनाले निष्क्रिय गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताउनुभएको छ । रेडियोको नजिकै राखिएको प्रेसर कुकर बम सोही ठाउँमा निष्क्रिय...

  • २०७६ फाल्गुण १०, शनिबार

    सवारी दुर्घटनामा महिलाको मृत्यु

    पृथ्वीराजमार्गअन्तर्गत तनहँुको व्यास नगरपालिका–१२ देउरालीमा आज दिउँसो बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । दमौलीबाट मुग्लिङतर्फ जाँदै गरेको ग१ख ९६१८ नंको बसले ठक्कर दिँदा सोही बसमा सवार अन्दाजी ६५ वर्षीया महिलाको मृत्यु भएको हो । मृतक महिलाको नामथर खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । सोही बसमा सवार रहेकी महिला ओर्लिएपछि बसको...

  • २०७६ फाल्गुण ९, शुक्रबार

    भारतमा बन्धक बनाइएका दुई नेपाली युवतीको उद्धार

    छ महिनादेखि भारतमा बन्धक बनाई राखिएका दुई नेपाली युवतीको गए राति उद्धार गरिएको छ । पश्चिम नवलपरासीस्थित सीमा प्रहरी चौकी महेशपुरबाट खटिएको टोलीले माइती नेपाल र भारतीय प्रहरीको सहयोगमा भारतको महाराजगञ्ज जिल्लाको कटरी रोड कम्ताबजारबाट उनीहरुलाई सकुशल उद्धार गरेको हो । आफ्ना छोरीलाई बन्धक बनाई राखिएकाले उद्धार गरिदिनु भन्ने युवतीकी आमाको उजुरीका आधारमा उनीहरुलाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको र...

  • २०७६ फाल्गुण ८, बिहिबार

    प्रजातन्त्र दिवसको अवसरमा बबरमहल विस्फोटका दोषी जेलमुक्त

    काठमाडौं– बबरमहल बमकाण्डका दोषी बुद्धिबहादुर गोले जेलमुक्त भएका छन् । प्रजातन्त्र दिवसको अवसरमा गृहमन्त्रालयको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गोलेको कैद मिनाहा गरेकी हुन् । कैद मिनाहाको सु्विधा लिएपछि फागुन ७ गते दिउँसै केन्द्रीय कारागारले गोलेलाई जेलमुक्त गरेका थिए । प्रजातन्त्र दिवसको अवसरमा सरकारले वर्षेनी कैदीका सजायँ मिनाहा गरिरहेका छन् । यस वर्ष गोलेसहित ३९९ जना कैदीलाई जेलमुक्त...

  • २०७६ फाल्गुण ७, बुधबार

    भैँसी चोरेको आरोपमा पक्राउ

    भैँसी चोरी गरेको आरोपमा प्रहरीले भिरकोट नगरपालिका–२ का २४ वर्षीय अजमत अलि र सोही ठाउँका २७ वर्षीय महमद अलिलाई पक्राउ गरेको छ । उनीहरुले ग१ज ५८४१ नंको जिपमा भैँसी र पाडी लिएर बयरघारीतर्फ जाँदैगर्दा सोधपुछका क्रममा भैँसी किनेको ठाउँ खुलाउन नसकेपछि मंगलबार पक्राउ गरिएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ । भिरकोट नगरपालिका– का तेजबहादुर केसीको दुई वर्षको पाडी र भिरकोट–२ की जमुना केसीको सात...

  • २०७६ फाल्गुण ७, बुधबार

    महिलाको हत्यापछि ललितपुरको वनमा फालिएको पुष्टि

    काठमाडौं– ललितपुरको लेले सामुदायिक वनमा नाङ्गो अवस्थामा फेला परेको महिलाको शव हत्यापछि फालिएको प्रहरीले पुष्टि गरेको छ । यस घटनालाई लिएर एकजनालाई प्रहरीले पक्राउ गरेको छ । गत असोज ४ गते नाङ्गो अवस्थामा करिब ४० वर्षीया खगेश्वरा दमाईको शव फेला परेको थियो । दमाईको हत्याको आरोपमा सुर्खेत लेकफर्साका गिरबहादुर परियालाई प्रहरीले पक्राउ गरेको छ । अपराधपछि सुर्खेत भाग्दै गरेको अवस्थामा परियारलाई गिरफ्तार...

  • २०७६ फाल्गुण ६, मंगलबार

    घुस लिएको अभियोगमा सवइञ्जिनीयर पक्राउ

    भोजपुरमा घुससहित सव इञ्जिनीयर पक्राउ परेका छन् । आमचोक गाउँपालिकामा कार्यरत करारका असिस्टेन्ट सवइञ्जिनीयर विष्णुकुमार राईलाई सेवाग्राहीबाट रु पाँच हजार घुस लिँदै गर्दा सोमबर अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको हो । राईले गाउँपालिकामा सञ्चालनमा रहेको हायुखोला खानेपानी आयोजनाको बिल फरफारक गरिदिने भन्दै घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले जनाएको छ । राईलाई घुस लिँदै...

  • २०७६ फाल्गुण ६, मंगलबार

    ट्रायल पास गराइदिन्छु भनी ठगी गर्ने पक्राउ

    मध्यपुरथिमि नगरपालिका–९ राधेराधेमा रहेको इजीवे ट्रायल सेन्टरमा सवारी साधनको लाइसेन्स निकाल्न आउने व्यक्तिसँग पैसा दिए ट्रायल पास गराइदिन्छु भनी ठगी गर्दै हिँड्नेलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थिमि भक्तपुरबाट खटिएको प्रहरी टोलीले सोमबार सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका–३ घर भई हाल काठमाडौँ शङ्खमुल बस्ने ५० वर्षीय केशवबहादुर श्रेष्ठलाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका...

Pages