STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अपराध-दुर्घटना

  • २०७६ जेठ १७, शुक्रबार

    घूससहित वडा सदस्य पक्राउ

    महोत्तरी जिल्ला एकडारा गाउँपालिका–४ का एक जना वडा सदस्यलाई आज बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले ३६ हजार घूससहित पक्राउ गरेको छ । आयोगको बर्दिबास कार्यालयबाट प्रहरी नायब उपरीक्षक मधुकुमार थापा नेतृत्वको अख्तियारको टोलीले एकडारा गाउँपालिका–४ का वडा सदस्य रामचन्द्र राय यादवलाई ठेकेदारसँग घूस लिँदै गर्दा पक्राउ गरेको हो । सो गाउँपालिका–४ मा रु १० लाखको लागतमा निर्माण भइरहेको ‘...

  • २०७६ जेठ १७, शुक्रबार

    आफ्नै पसलमा चोरी गर्ने पक्राउ

    बीमा रकम प्राप्त गर्नका लागि आफ्नै पसलमा चोरी गरी स्थानीयवासीलाई झुक्याएको आरोपमा प्रहरीले घिमिरे इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्सका सञ्चालक उमेश घिमिरेलाई पक्राउ गरेको छ ।  घिमिरेले गत जेठ ११ गते आफ्नो पसलमा चोरी भएको र पसलबाट रु तीन लाख १२ हजार नगदसहित रु ३२ लाख ९३ हजार २८४ मूल्य बराबरको इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक सामग्री हराएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।  उजुरीका आधारमा अनुसन्धान गर्दा...

  • २०७६ जेठ १७, शुक्रबार

    साँखुमा सार्वजनिक जग्गा अतिक्रमण गर्दै बालुवा उत्खनन

    शङ्खरापुर नगरपालिकाको साँखुमा वासिङ व्यवसायीले अनधिकृतरूपमा बालुवा उत्खनन गरिरहेका छन् । साँखु, इन्द्रायणीलगायतका ठाउँका स्थानीयवासीसँग दुई रोपनीसम्म जग्गा भाडामा लिएर १० रोपनीभन्दा बढी सार्वजनिक जग्गा अतिक्रमण गर्दै उत्खनन गरिरहेको पाइएको छ ।  अनधिकृतरूपमा बालुवा उत्खननले साँखु, इन्द्रायणी, घुमारीचोकलगायतका ठाउँ कुरुप बन्दै जानुका साथै मरुभूमिमा परिणत हुनलागेकामा स्थानीयवासीले दुखेको पोखेका छन्...

  • २०७६ जेठ १६, बिहिबार

    लागुऔषध खैरो हिरोइनसहित तीन पक्राउ

    पूर्वी चितवनको रत्ननगरमा लागुऔषध खैरो हिरोइन सेवन गरेकै अवस्थामा तीन पक्राउ परेका छन् । बुधबार राति रत्ननगर नगरपालिका–७ स्थित बाघमारबाट उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रत्नगरका प्रहरी नायब उपरीक्षक सन्तोष आर्चायले जानकारी दिनुभयो । कार्यालयबाट खटिएको टोलीले दुई दशमलव ७४ ग्राम खैरो हिरोइनसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक आर्चायले बताउनुभयो । पक्राउ पर्नेमा रत्ननगर–४...

  • २०७६ जेठ १६, बिहिबार

    विषादी प्रयोग गरी पकाइएको आँप बजारमा

    आँपको राजधानी मानिने सिरहामा अहिले भारतको विभिन्न स्थानबाट स्वास्थ्यको दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ । स्थानीय किसानको बगैँचामा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीले कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गरिरहेका छन् ।  भारतको विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्बाइड प्रयोग गरी पकाएका आँपहरु सिरहा...

  • २०७६ जेठ १६, बिहिबार

    लागुपदार्थ दुव्र्यसन र ओसारपसार रोक्न साझा पहलकदमी आवश्यक

    लागुपदार्थ दुव्र्यसन र यसको ओसारपसारसँगै जोडिएर घरेलु हिंसा र यौनजन्य अपराध हुने गरेको निष्कर्ष महोत्तरीको बर्दिवासमा निकालिएको छ । नेपाल प्रहरी श्रीमती सङ्घ तथा आसरा सुधार केन्द्र रानीबारी काठमाडौँको आयोजनामा बुधबार बर्दिवासमा सम्पन्न लागुऔषध, घरेलु हिंसा र यौनजन्य हिंसाका कारण र त्यसको न्यूनीकरणका उपायबारे भएको छलफलमा यस्तो निष्कर्ष निकालिएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय महोत्तरीका...

  • २०७६ जेठ १६, बिहिबार

    प्रहरीलाई घुस दिन खोज्ने कार्की अख्तियारको नियन्त्रणमा

    अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले प्रहरीलाई घुस दिन खोज्ने एक जनालाई पक्राउ गरेको छ । आयोगको टोलीले महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक भुपेन्द्र गिरीलाई घुस रकम दिन खोज्ने झापाका अभिषेक कार्कीलाई बुधबार साँझ पक्राउ गरेको हो । कालिकोटका थुनुवा नवीन शाही ठकुरीलाई भेट्न जाँदा उनका भाइ पुजन बम ठकुरीले चाउचाउको खोलभित्र लागुऔषध ल्याएको भेट्टाएपछि प्रहरीले बमलाई पक्राउ गरेपछि कार्कीले...

  • २०७६ जेठ १६, बिहिबार

    रङ्गशालाको बार भत्काउने मुख्य योजनाकार पक्राउ

    जिल्ला प्रहरी कार्यालय चितवनले क्रिकेट रङ्गशाला निर्माणस्थलमा लगाइएको अस्थायी बार भत्काउने मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ । निर्माणाधीन अवस्थामा रहेको रङ्गशालाको अस्थायी बार भत्काउने योजनाकार भन्दै प्रहरीले स्थानीयवासी प्रकाश कँडेललाई पक्राउ गरेको हो । कँडेललाई बुधबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो ।...

  • २०७६ जेठ १६, बिहिबार

    आगो निभाउन जाँदा एक महिलाको मृत्यु

    जिल्लाको जोरायल गाउँपालिका–३ मा आगलागीमा परी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सो गाउँपालिका–३ सुनिखोला बस्ने वर्ष अन्दाजी ३५÷३६ की दुर्गादेवी साहुको आगलागीमा परेर मृत्यु भएको हो । गाउँ नजिकैको जङ्गलमा भएको आगो निभाउन गएका बेला उहाँ आगोमा परी जल्नुभएको थियो । आगोले जलेपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । डोटीमा...

  • २०७६ जेठ १६, बिहिबार

    यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा सात पक्राउ

    यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले दुई होटल सञ्चालकसहित सात जनालाई पक्राउ गरेको छ । बुधबार राति विर्तामोडस्थित नयाँ बसपार्क क्षेत्रमा सञ्चालित न्यूनलाइट होटलका सञ्चालकसहित सात जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाले जानकारी दिनुभयो । पक्राउ परेका सातै जनालाई आज जिल्ला अदालत झापामा म्याद थप गरी अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी भइरहेको...

  • २०७६ जेठ १६, बिहिबार

    धामीझाँक्रीको नाममा बालकको हत्या

    धामीझाँक्रीका काममा दखल बढ

  • २०७६ जेठ १६, बिहिबार

    पत्रकारमाथि गालीगलौजको आरोपमा शाही पक्राउ

    पत्रकारलाई गालीगलौज गरेको आरोपमा जिल्ला प्रहरीले ३२ वर्षीय ज्ञानबहादुर शाही ज्ञानेन्द्र लाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत गएको वैशाख १८ गते ‘कर्णाली प्रदेशका सबै पत्रकारहरु चोर, कुकुर हुन्’ भनी उनीहरूको इज्जतमा खलल पु¥याएको आरोपमा शाहीविरुद्ध उजुरी परेकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । उहाँका...

Pages