अपराध-दुर्घटना
-
२०७६ भाद्र ९, सोमबार
स्याङ्जामा डेङ्गुका एक बिरामी
स्याङ्जामा पनि डेङ्गुका एक बिरामी फेला परेका छन् । पोखरामा डेङ्गुका बिरामी फेला परिरहेका बेला नजिकैको बजार स्याङ्जामा पनि एक जनामा डेङ्गुको लक्षण भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको हो । उक्त कार्यालयका सूचना अधिकारी मित्रलाल अर्यालका अनुसार पुतलीबजार नगरपालिका– २ का ३२ वर्षीय एक पुरुषमा डेङ्गु फेला परेको थियोे । गत बिहीबार अस्पतालमा भर्ना भएर उपचार गराइरहेका उनको ल्याब परीक्षणका क्रममा...
-
२०७६ भाद्र ८, आइतबार
बाघको आक्रमणमा परी एक वृद्धको मृत्यु
बर्दियाको ठाकुरबाबा नगरपालिकाका एक वृद्धको पाटेबाघको आक्रमणबाट मृत्यु भएको छ । आज बिहान ७ ः३० बजे ठाकुरबाबा नगरपालिकाका–१ भुरीगाँउ बस्ने ७० वर्षीय पहाडिया थारूको मृत्यु भएको हो । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघको आक्रमणबाट घरबाट नजिकै रहेको बङ्गुरलाई दाना हाल्दै गर्दा एक्कासी बाघले आक्रमण गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बङ्गुरलाई दाना हाल्दै गर्दाको समयमा...
-
२०७६ भाद्र ६, शुक्रबार
लागुऔषधसहित दुई पक्राउ
लागुऔषध ब्राउनसुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२ का २६ वर्षीया रचना गिरी र ३८ वर्षीय विमल लामा रहेका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले लागुऔषधका नौ पोकासहित बिहीबार बागलुङ बसपार्कबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई वडा प्रहरी कार्यालय बगरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
-
२०७६ भाद्र ६, शुक्रबार
विप्लव समूहका जनसरकार प्रमुख भनिएको ढकाल पक्राउ
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नवलपरासी जिल्ला सदस्य एवं जनसरकार प्रमुख भनिएको प्रेमप्रसाद ढकाल पक्राउ परेका छन् । सुनवल नगरपालिका–१३ बडेरास्थित घरबाटै गए राति ढकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । पक्राउ परेका ढकाललाई जिल्ला प्रहरी कार्यलयमा राखी आवश्यक अनुसन्धान थालिएको उहाँले बताउनुभयो । ढकालसँगै...
-
२०७६ भाद्र ६, शुक्रबार
छ वर्षीया बालिकालाई बलात्कार गर्नेलाई १६ वर्ष जेल सजाय
जिल्ला अदालत उदयपुरले छ वर्षीया बालिका बलात्कार गरेको कसुरमा एक जनालाई १६ वर्षको जेल सजायको फैसला सुनाएको छ । पीडित बालिकालाई पीडकबाट रु २५ हजार क्षतिपूर्ति उपलब्ध गराउन पनि अदालतले आदेश दिएको छ । जिल्ला अदालत उदयपुरका न्यायाधीश दीपक खनालको एकल इजालासले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–६ लालपताका ४५ वर्षीय रामबहादुर विकलाई छ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको जिल्ला...
-
२०७६ भाद्र ६, शुक्रबार
एक सय ४० भारतीय खसी र ट्रक सशस्त्रको नियन्त्रणमा
बर्दिया गुलरिया नगरपालिका–१२ टेशनपुरबाट १४० वटा खसीसहितको ट्रक सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बर्दियाले नियन्त्रणमा लिएको छ । भारतबाट अवैध रूपमा काठमाडौँतर्फ लैजान लागेको ना६ख ९४९२ नं ट्रकसहित १४० वटा खसी प्रहरीले आज नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बर्दियाका प्रहरी उपरीक्षक यादव विश्वकर्माले बताउनुभयो । पछिल्लो समयमा...
-
२०७६ भाद्र ६, शुक्रबार
चन्द समूहका इन्चार्ज पक्राउ
नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज रुपेश भनिने कृष्ण वाग्लेलाई प्रहरीले पक्राउ गरेको छ । सो समूहका जिल्ला इन्चार्जसहित दुई जनालाई आज बिहान ८ः०० बजे पोखरा महानगरपालिका–२७ शिसुवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । पक्राउ परेका अर्का एक जनाको परिचय खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ । वाग्ले तनहुँबाट केही हप्ताअघि मात्र सो...
-
२०७६ भाद्र ६, शुक्रबार
श्रीमतीलाई बलात्कार गरेको अभियोगमा श्रीमान् पक्राउ
आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आफू बिरामी हुँदा श्रीमान्ले बलात्कार गरेको जाहेरीे श्रीमती सावित्री नाम परिवर्तन ले महानगरीय प्रहरी परिसर भक्तपुरमा दिएपछि प्रहरीले श्रीमान् मोहन नाम परिवर्तनलाई बिहिबार पक्राउ गरेको हो । रामेछाप घर भई हाल चाँगुनारायण नगरपालिका–८ जीतपुर बस्दै आएका ३० वर्षीय श्रीमान्ले २६ वर्षीया श्रीमतीलाई बलात्कार गरेको जाहेरी आएपछि...
-
२०७६ भाद्र ५, बिहिबार
सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढ्दो
गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी मोरङमा १०५ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख शिवराज पोखरेलका अनुसार सो अवधिमा जिल्लाभरिमा ४८४ दुर्घटना भएको थियो । सो दुर्घटनामा परी ८५४ घाइते भएका थिए । आर्थिक वर्ष २०७३÷७४ मा ४३४ दुर्घटनाबाट १०४ जनाको मृत्यु भएको थियो भने ८२५ घाइते भएका थिए । आव २०७४÷७५ मा ५०३ सवारी दुर्घटनामा १०९ को मृत्यु र ८२८ घाइते भएका थिए । सडकको दुरावस्था...
-
२०७६ भाद्र ५, बिहिबार
एक महीनामा १०६ मा डेङ्गु
साउन महीनामा जिल्लामा १०६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ४५३ जनामा गरिएको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएको हो । कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार भेटिएका डेङ्गुका सङ्क्रमितमध्ये ७८ जना चितवनका हुन् । तीमध्ये ६९ जना भरतपुर महानगरपालिकाका छन् । भरतपुर महानगरपालिका वडा नं १, २ र ३ मा बढी सङ्ख्यामा डेङ्गुको जोखिम...
-
२०७६ भाद्र ५, बिहिबार
बरिष्ट निर्देशक किशोर राना मगरको निदान
नेपालि चलचित्र जगतका मूर्धन्य व्यक्तित्व, चारसय वर्ष अघि तत्कालिन ३लिगलिगकोट राज्यको विषय वस्तुमा आधारित ऐतिहासिक नेपाली चलचित्र सीमारेखा, माईलि, राको९पहिलो नेपाली सिनेमा स्कोप, बन्धकी, करोडपति लगायतका सफल नेपालि तथा हिन्दी चलचित्रहरु निर्देशन गरिसक्नु भएका बरिष्ट निर्देशक किशोर राना मगरको भौतिक शरिरको हिजो निदान हस्पिटलमा अवसान भएको थियो । उहाको प्राथिव शरिरलाई अन्तिम श्रदाञ्जली अर्पणका लागि...
-
२०७६ भाद्र ५, बिहिबार
अवैधरूपमा बालुवा निकासी गर्ने ट्र्याक्टर प्रहरी नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय खोटाङले नदीबाट अवैधरूपमा बालुवा निकासी गरिरहेको अवस्थामा सात ट्र्याक्टर नियन्त्रणमा लिएको छ । जिल्लाको उत्तरीक्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिका–३ लामीडाँडाको रभुँवास्थित दूधकोशीको बालुवा निकालेर दिक्तेलतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले बुधबार नुनथलाबाट सात ट्र्याक्टर नियन्त्रणमा लिएको हो । बालुवा लिएर आउँदै गरेको अवस्थामा प्रहरीले ना४त ९१७२, को२त ८२३८, ना४त ९६५५,...


