STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७६ भाद्र २४, मंगलबार

    डेढ महीनामा ६८२ चालक कारवाहीमा

    जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले चालू आर्थिक वर्षको डेढ महीनाको अवधिमा ६८२ सवारीसाधनका चालकलाई कारवाही गरेको छ । आव २०७६÷०७७ को साउन र भदौको १५ गतेसम्मको अवधिमा बस, ट्रक, जीप÷कार, ट्र्याक्टर र मोटरसाइकल गरी ६८२ कारवाहीमा परेका हुन् । ट्राफिक नियम विपरीत सवारीसाधन चालाउने चालकलाई कारवाही गरी रु चार लाख ११ हजार राजश्व सङ्कलन गरिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । साउनमा ४००...

  • २०७६ भाद्र २४, मंगलबार

    चोरी गर्ने महिला पक्राउ

    महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले चोरी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । बूढानीलकण्ठ नगरपालिका–२ स्थित डाक्टरको घरमा पटक–पटक चोरी गर्ने ३२ वर्षीया सङ्गीता दर्नाललाई सोमबार पक्राउ गरिएको महानगरीय प्रहरी प्रभागका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिनुभयो । डा रुपक घिमिरेले घरमा पटक–पटक नगद, बहुमूल्य धातु तथा सामान हराउने गरेको भन्दै प्रहरीमा उजुरी गर्नुभएको थियो । उजुरीपश्चात्...

  • २०७६ भाद्र २४, मंगलबार

    खातुनको उपचारमा कुनै कमी हुन नदिन निर्देशन

    स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले एसिड आक्रमणबाट घाइते भई उपचारत् मुस्कान खातुनको उपचारमा कमी हुन नदिने जानकारी दिनुभएको छ । वीरगञ्जस्थित हनुमान माध्यामिक विद्यालयमा अध्ययन गर्न जाँदै गर्दा गत शुक्रबार बिहान खातुनमाथि एसिड प्रहार भएको थियो । उहाँको अहिले कीर्तिपुरस्थित अस्पतालमा उपचार भइराखेको छ । चिकित्सकका अनुसार हाल उहाँको अवस्था खतरामुक्त रहेको छ । राज्यमन्त्री डा...

  • २०७६ भाद्र २४, मंगलबार

    सामाजिक सञ्जालको दुरुपयोग बढ्दै

    झण्डै एक महीनाअघि कञ्चनपुरको बेदकोट नगरपालिकाकी– एक २३ वर्षीया युवतीले विष सेवन गरिन् । आफन्तसित पर्यटकीयस्थल लिङ्गा घुम्न गएका बेला स्थानीय तीन युवाले उनको भिडियो बनाएर सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनाइदिएकाले तनावमा रहेकी उनले विष सेवन गरेर आत्महत्या गरेकी थिइन् । जिल्ला प्रहरी कार्यालय स्रोतले भन्यो–“ उक्त घटनाबारे प्रहरीमा उजूरी परेपछि एक युवकलाई पक्राउ गरेर कारवाही अघि बढायौं ।”घटनामा...

  • २०७६ भाद्र २४, मंगलबार

    नेकपाको शपथ कार्यक्रममा तोडफोड

    नेपाल कम्युनिष्ट पार्टी नेकपा को प्रदेश नं २ का छ जिल्लाको शपथ कार्यक्रम रोकिएको छ । महोत्तरीको बर्दिवासमा महोत्तरी, धनुषा, सर्लाही, रौतहट, सिरहा र सप्तरीसहित छ जिल्लाका लागि तय भएको शपथ कार्यक्रम पार्टीभित्रकै असन्तुष्ट पक्षको विरोधपछि स्थगित भएको हो । अन्तिम समयमा महोत्तरीसहित धनुषा, सर्लाही र रौतहट जिल्लाको शपथ कार्यक्रम स्थगित गरिए पनि सिरहा र सप्तरीको शपथ गराउने तयारी भइरहेका बेला झडप भएपछि...

  • २०७६ भाद्र २३, सोमबार

    गौरादह नगरपालिकामा बम विष्फोट, शङ्कास्पद दुई पक्राउ

    झापाको गौरादह नगरपालिकामा अज्ञात समूहले आइतबार राति बम विष्फोट गराएको छ । विफोष्टका कारण प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको गाडी पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार राति १२ः३० बजे अज्ञात समूहले बम विष्फोट गराउँदा मिश्रले प्रयोग गर्दै आएको बा २ झ २५७० नम्बरको...

  • २०७६ भाद्र २३, सोमबार

    वडाध्यक्ष पक्राउ

    आफ्नै सहकर्मी कुटेको आरोपमा वडाध्यक्ष पक्राउ पर्नुभएको छ । छिमेकी वडाका वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले चम्पादेवी गाउँपालिका–८ का वडाध्यक्ष अजय लुइँटेललाई पक्राउ गरेको हो । लुइँटेलले असार ३० गते चम्पादेवी गाउँपालिकाको कार्यालय ताप्केडाँडामा सोही गाउँपालिका–७ का वडाध्यक्ष सुरेश थापालाई कुटपिट गरेका थिए । मादक पदार्थ सेवन गरी लुइँटेलले आफूलाई कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा...

  • २०७६ भाद्र २३, सोमबार

    वृद्धको हत्या

    धनुषामा आइतबार साँझ धारिलो हतियार प्रहार गरी एक वृद्धको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार धनुषाको मिथिला विहारी नगरपालिका–९ कटरैत बस्ने ६५ वर्षीय रामवरण शर्माको हत्या गरिएको हो । अज्ञात व्यक्तिले छुरा प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । तारापट्टी बजारबाट बेलुकी करीब ८ः१५ बजे तरकारी किनेर घर फर्किदै गर्दा मिथिला विहारी नगरपालिका–८ कचुरी सडकखण्डमा मोटरसाइकलमा आएका...

  • २०७६ भाद्र २३, सोमबार

    दुव्र्यसनी पहिचानमा ‘किट’ प्रभावकारी

    लागुपदार्थ सेवन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले बेनी नगरपालिका–१ रत्नेचौरका २० वर्षीय प्रवीण सुवेदी र १९ वर्षीय सुजन थापालाई केही दिनअघि नियन्त्रणमा लियो । दुवैले प्रहरीसामु लागुपदार्थ सेवन नगरेको भनेर ढाँटे । प्रहरीले अभिभावककै अघि राखेर केरकार गर्दा पनि लागुऔषध प्रयोग गरेको स्वीकार गर्न उनीहरु तयार देखिएनन् । प्रहरीले तत्कालै ‘टेस्ट कीट’ प्रयोग गरेर लागुपदार्थ सेवन लापसे गरे नगरेको...

  • २०७६ भाद्र २२, आइतबार

    दाजुभाइको झगडाले आमाको ज्यान गयो

    महोत्तरीको बर्दिवास नगरपालिका–३ मा दाजुभाइबीचको झगडाले आमाको ज्यान गएको छ । हिजो शनिबार साँझ आपसी झगडामा घाइते भएका छोरालाई उपचारका लागि अस्पताल ल्याउन लागेकी आमाको आपूm चढेको एम्बुलेन्स दुर्घटना हुँदा ज्यान गएको हो । बर्दिवास–३ पाटुका दाजुभाइ २१ वर्षीय गङ्गा वादी र १८ वर्षीय उमेश वादी आपसमै कुटपिट मच्चाउँदा घाइते भएपछि छोराहरु लिएर अस्पताल आउँदै गरेकी ५० वर्षीया आमा तारा वादीको बाटोमै आपूm चढेको...

  • २०७६ भाद्र २२, आइतबार

    उडिरहेको हेलिकोप्टरबाट सामान खस्यो

    फाप्लुबाट स्याङ्बोचेसम्म कार्गो ढुवानी गर्ने क्रममा बिहीबार उडिरहेको हेलिकोप्टरबाट सोलु दूधकुण्ड नगरपालिकाको फेरामा सामग्री खसेको स्थानीयवासीले बताएका छन् । फालु विमानस्थलबाट स्याङ्बोचे विमानस्थलमा कार्गो ढुवानी गरिरहेको कैलाश एयरको हेलिकोप्टरबाट सिरकलगायतका सामग्री झरेको उनीहरुको भनाइ छ । हेलिकोप्टरबाट सामग्री झरेको भन्दै स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय समेतको ध्यानाकर्षण गराएका छन् ।...

  • २०७६ भाद्र २२, आइतबार

    घर लुटपाट गर्ने योजना बनाउँदै गर्दा पक्राउ

    काठमाडौँको बौद्धमा एक घरमा लुटपाट गर्ने योजना बनाउँदै गरेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको विशेष टोलीले बौद्धको एक घरमा ठूलो मात्रामा नगद तथा गरगहना रहेको सूचनाको आधारमा लुटपाटको योजना बनाइरहेको अवस्थामा शनिबार साँझ आठ जनालाई काठमाडौँ महानगरपालिका–१६ माछापोखरीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोरखा अजिरकोटका कुशल अधिकारी, नुवाकोट...

Pages