अन्तर्राष्ट्रिय
-
२०७६ भाद्र १२, बिहिबार
चाडमा अन्तरजातीय हिंसा
अफ्रिकी मुलुक चाडमा गत सोमबार भड्किएको अन्तर–जातीय हिंसाका कारण कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । उक्त हिंसात्मक झडप चाडको मोयेन चारी प्रान्तमा भएको हो । यस स्थानमा विभिन्न जातीय समूह रहेका र उनीहरुबीच बेलाबखत हिंसात्मक झडपहरु हुने गरेका छन् । स्थानीय प्रहरीका अनुसार जग्गा जमिनको विवादमा एक किसानको मृत्यु भएपछि दुई समुदायबीच हिंसात्मक झडप भएको थियो । हिंसात्मक घटनाहरु बढ्दै...
-
२०७६ भाद्र १२, बिहिबार
अमेरिका–तालिबान वार्ता निष्कर्ष नजिक
अफगानिस्तानमा वर्षौंदेखि जारी सशस्त्र संघर्ष अन्त्य गर्ने उपायको खोजी गर्न संयुक्तराज्य अमेरिका र अफगानी विद्रोही समूह तालिबानबीचको वार्ता अन्तिम चरणमा पुगेको विद्रोहीहरुले जनाएका छन् । अमेरिकी सेनाले भने अफगानिस्तानमा आतंककारीको संरक्षणस्थल बन्न दिनु नहुनेमा जोड दिइरहेका छन् । अफगानिस्तानमा हाल करिब १४ हजार अमेरिकी सैनिक तैनाथ छन् । अमेरिका र तालिबानबीच कतारको दोहामा केही महिनादेखि वार्ता जारी...
-
२०७६ भाद्र ११, बुधबार
जापानमा भारी वर्षापछि दुई जनाको मृत्यु, छ लाख सत्तरी हजार सुरक्षित स्थानतर्फ
दक्षिणपश्चिम जापानमा भारी वर्षापछि दुई व्यक्तिको मृत्यु भएको बुधबार सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । सो भारी वर्षाको कारण बाढी र पहिरोको चेतावनीसँगै ६ लाख ७० हजार व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ । जापानको क्युशु प्रान्तको उत्तरीे भागमा पर्ने माथिल्लो स्थानमा सरकारले उच्च सर्तकताको चेतावनी दिनुको साथै सो क्षेत्रहरुबाट करिब दश लाख मानिसहरूलाई सो स्थान छोड्न सल्लाह दिइएको छ ।...
-
२०७६ भाद्र ११, बुधबार
ग्रीनल्याण्डमा हिउँ पग्लिनेक्रम तिब्र, समुद्र सतह ३ वा ४ फिट उकासिने खतरा
अमेरिकी अन्तरिक्ष विज्ञान संस्था नासा को सानो हवाई जहाजबाट करिब ५०० फिटमुनि ठुल्ठूला हिउँका ढिक्का लहराइरहेको दृश्य देख्न सकिन्छ । नीलो–हरियो समुद्रमा सेता हिउँका यी ढिक्का साना थोप्लाजस्ता देखिन्छन्, तर यी ढिक्का युद्धपोतकै आकारका वा केही त १५ तल्ले भवनजत्रा अग्ला छन् । ग्रीनल्याण्डका अन्य ग्लेसियर हिउँनदी झैं ठूलो कान्गरलुस्सुक क्षेत्र तिब्र गतिमा पग्लिरहेको छ । यथार्थमा, यो विशाल हिउँको पहाड...
-
२०७६ भाद्र ११, बुधबार
पूर्वी अफगानिस्तानमा ३७ तालिबान लडाकू मारिए
अफगानिस्तानको पूर्वी प्रान्त पाक्टिकामा अफगान सुरक्षाबलले तालिबान लडाकू समूहविरुद्ध मङ्गबार राती गरेको सुरक्षा कारबाहीमा ३७ लडाकूको मारिएका छन् । स्थानीय प्रहरी बुधबार उक्त जानकारी दिएको छ । तालिबानको सारा केटा अर्थात रेड यूनिटका समूहले मंगलबार राति मता खान र छिमेकमा पर्ने जुर्मात जिल्ला छोडिने राजमार्गमा रहेको सुरक्षाचौकीमा आक्रमण गरेका थिए । सो आक्रमणपछि सुरक्षाबलले गरेको जवाफी कारबाहीमा ३७...
-
२०७६ भाद्र ११, बुधबार
पेरुमा २२७ जना बालबालिकाको सामूहिक चिहान भेटियो
दक्षिण अमेरिकी राष्ट्र पेरुका पुरातत्वविदहरुले २२७ जना बालबालिकाको सामूहिक चिहान फेला पारेको जनाएका छन् । कोलम्बियाली चिमु संस्कृतिभन्दा धेरै अघिको अनुमान गरिएको यो चिहान आजसम्म फेला पारिएकोमा सबैभन्दा ठूलो हो । राजधानी शहर लिमाभन्दा उत्तरतर्फको तटीय शहर हुआनचाकोमा गरिएको उत्खननका क्रममा यो सामूहिक चिहान भेटिएको हो । पुरातत्वविदहरुले यो स्थानमा गत वर्षदेखि उत्खननको काम शुरु गरेका थिए । हुआनचाकोमा...
-
२०७६ भाद्र १०, मंगलबार
सिरियामा भएका आक्रमणमा १५ जनाको मृत्यु
गृहयुद्धमा फसेको सिरियाको उत्तर पश्चिममा गत सप्ताहान्तमा भएका हिंसात्ममक घटनामा कम्तीमा १५ जना सर्वसाधारणको मृत्यु भएको छ । राष्ट्रसंघका प्रवक्ता स्टेफान डुराजिकले इड्लिब, उत्तरी हामा र पश्चिमी अलेप्पो समेतका सिरियाका उत्तर पश्चिम क्षेत्रमा जारी हिंसाका कारण सर्वसाधारणको मृत्यु हुनेक्रम नरोएिको बताउनुभयो । राष्ट्रसंघीय मानवीय सहायता संयोजन कार्यालयका अनुसार चार जना बालबालिका समेत १५ जनाको मृत्यु...
-
२०७६ भाद्र १०, मंगलबार
अमेजनको डढेलोः ब्राजिल, कोलम्बियाबीच संयुक्त योजनाबारे छलफल
ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले अमेजनको जंगलमा लागेको डढेलो नियन्त्रणका विषयमा कोलम्बियाका राष्ट्रपतिसमक्ष संयुक्त योजना बनाउने बारेमा छलफल गर्नुभएको छ । पृथ्वीको फोक्सोको उपमा पाएको अमेजन जंगलको अधिकांश भाग ब्राजिलमा पर्दछ । यो जंगल कोलम्बिया, पेरु, भेनेजुएला, इक्वेडर, बोलिभिया र अरु केही दक्षिण अमेरिकी मुलुकसम्म फैलिएको छ । ब्राजिलका राष्ट्रपति बोल्सोनारोले ट्वीट गर्दै भन्नुभएको छ, “...
-
२०७६ भाद्र १०, मंगलबार
फेदोर नामको रोबोट अन्तरिक्ष केन्द्रमा
रुसले पहिलो मानवाकृत ह्युमनोइड रोबोट सफलतापूर्वक अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आइएसएस मा मङ्गलबार स्थापना गरेको छ । गत साता रुसको यो अभियान असफल भएको थियो । फेदोर नाम दिइएको मान्छेकै शरीर जत्रो रोबोटले मानिस झैं यताउता हिँड्ने र वरपरबाट सामान ल्याउने राख्ने कार्य गर्दछ । यसले खासगरी अन्तरिक्ष केन्द्रमा रहेका वैज्ञानिकलाई काममा सघाउनेछ । नासाका एक जना टिप्पणीकर्ताले भन्नुभयो, “सम्पर्क स्थापित...
-
२०७६ भाद्र ९, सोमबार
विशेष सुरक्षाबलको कारबाहीमा पन्ध्र व्यक्ति रिहा
अफगान विशेषबलले गरेको एक कारबाहीको क्रममा तालिबान लडाकू समूहले कब्जा गरी हिरासतमा राखेका १५ व्यक्ति रिहा भएका छन् । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा गतराती रातभरी भएको एक कारबाहीको क्रममा तालिबान लडाकू समूहले कब्जामा राखेका ती १५ व्यक्ति रिहा भएका बिशेषबलद्वारा प्रकाशित विज्ञप्तिमा सोमबार जानकारी दिइएको छ । कुन्दुज प्रान्तको इमाम साहिब जिल्लामा गएको राती अफगान विशेषबलले तालिबान...
-
२०७६ भाद्र ९, सोमबार
अमेरिकाले प्यालेस्टाइनको नाम हटायो
संयुक्तराज्य अमेरिकाले विश्वका देश र राज्यहरुको नामावली समेटिएको सूचीबाट पहिलोपटक प्यालेस्टाइनलाई हटाएको छ । अमेरिकी उक्त कदमको प्यालेस्टाइन सरकारले विरोध जनाएको छ । प्यालेस्टिनी राष्ट्रपति कार्यालयका प्रवक्ता नाबिल अबु रुदैनाहले एक वक्तव्य प्रकाशन गरी अमेरिकाको पछिल्लो कदमले अमेरिकाको निरन्तर खस्कदो विदेश नीतिलाई नै प्रतिबिम्बित गरिरहेको बताउनुभएको छ । रुदैनाहले अमेरिकी कदमको भत्र्सना गर्दै...
-
२०७६ भाद्र ९, सोमबार
जी७ बैठक विश्व अर्थतन्त्र र इरानी मुद्दामा अल्झियो
विश्वका प्रमुख सात औद्योगिक समूह जी७ को तीन दिने शिखर बैठकमा अमेरिकी व्यापार नीतिहरु र इरानी कुटनीतिज्ञको बैठकमा आकस्मिक सहभागिताका कारण तनाबबीच समापन हुँदैछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र आयोजक फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले सोमबार नै संयुक्त पत्रकार सम्मेलन गरी शिखर बैठक औपचारिक रुपमा समाप्त भएको घोषणा गर्नु हुनेछ । औद्योगिक एवं धनी प्रजातान्त्रिक सात राष्ट्रमा अमेरिका,...


