STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

४१ औँ साक्या रिन्पोछेद्वारा दुर्लभ महाभिषेक प्रदान हुने

Janjati Khabar – Janjati Khabar | २०८० आश्विन ९, मंगलबार

काठमाडौँ, आउँदो असोज २७ गते शनिबार महान् गुरु ४१ औँ साक्या गोङ्मा ठ्रिछेन् रिन्पोछेद्वारा दुर्लभ महाभिषेक ९वाङ्छेन्० कार्यक्रम हुने भएको छ । गुरु रिन्पोछेको नेपाल भ्रमणको सिलसिलामा प्रदान गर्न लागिएको ऐतिहासिक महाभिषेक कार्यक्रम काठमाडौँको चुच्चेपाटी, बौद्धस्थित तारागाउँ म्युजियमको खुलाचौरमा हुनेछ ।
आयोजक व्योम कुसुमा बुद्ध धर्म सङ्घका अनुसार, यो भारत वर्षीय महासिद्ध श्रीमद्मैत्रियोगी ९जगन्मित्रानन्द÷मित्रजोगी० परम्पराको असाधारण आर्यअवलोकितेश्वरको महाभिषेक हो । विश्वशान्ति, सद्भाव, भाइचारा र मानवताका लागि सकारात्मक ऊर्जा र सद्भाव प्रवाह गर्ने उद्देश्य राखिएको यस महाअभिषेकमा नेपालका तराई, पहाड र हिमाल तीनै भेगका मानिसहरुको ठूलो सहभागिता रहने विश्वास लिइएको छ ।
चारै बौद्ध सम्प्रदायबाट सम्मानित गुरु ठ्रिछेन् रिन्पोछेद्वारा सम्पन्न हुने यस महाअभिषेक कार्यक्रममा सहभागी भई लाभ उठाउन सर्वसाधारणलाई सङ्घले आह्वान गरेको छ ।

Categorized in व्यक्तित्व