STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

२ हजार ४४० जना कोरोना संक्रमित थपिए

Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन १९, सोमबार

काठमाडाैं – नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ४ सय ४० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै देशभर कुल संक्रमितको संख्या ८९ हजार नाघेको छ ।आजसम्म ८९ हजार २ सय ६३ जनामा संक्रमण पुष्टि भएको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित प्रेस ब्रिफ्रिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ हजार ४ सय ४० जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

देशभर सक्रिय संक्रमितको संख्या २३ हजार ५ सय ७ रहेको छ । संस्थागत आइसोलेसनमा ११ हजार १ सय ९१ छन् भने होम आइसोलेसनमा १२ हजार ३  सय १६ जना छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा १ हजार १ सय ३३ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ६५ हजार २ सय २ पुगेको मन्त्रालयको तथ्यांक छ । संक्रमणमुक्त हुने दर ७३.६ प्रतिशत रहेको छ ।

Categorized in राष्ट्रिय