साहित्यका सुविख्यात स्रष्टा विजय मल्ल शताब्दी मनाउने
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ कार्तिक २४, सोमबार
सुविख्यात नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शताब्दी महोत्सवको आयोजना नइ एकेडेमीले गर्ने भएको छ ।
नइ एकेडेमीका पूर्व कोषाध्यक्ष सुरबहादुर श्रेष्ठ विजय मल्ल शताब्दी महोत्सवको आर्थिक संयोजक रहनु भएको छ ।
विजय मल्लको जन्म १९८२ सालमा काठमाडौँमा भएको थियो ।
विजय मल्ल शताब्दी महोत्सवका अवसरमा डा.साधना प्रतीक्षाकृत 'नारीवादी नाटककार विजय मल्ल' र नरेन्द्रराज प्रसाईबाट लिखित 'विजय मल्लको जीवनी' कृति प्रकाशित गरिने भएका छन् ।
नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको कुरा नइ एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनु भएको हो ।
विशिष्ट बौद्धिक स्रष्टा विजय मल्ल भन्नु नाट्यसम्राट् बालकृष्ण सम र
महाकवि लक्ष्मीप्रसाद देवकोटाले जस्तै बहुआयामियक सिर्जनात्मक योगदान गर्ने अमर व्यक्तित्व हुन् ।
Categorized in सिनेमा

