STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सांस्कृतिक शान्ति तथा सद्भाव र्यालि सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ मङ्सिर ७, आइतबार

संयुक्त अभियान समुहको आयोजनामा  शनिबार सांस्कृतिक शान्ति तथा सद्भाव र्याली सम्पन्न गरेकाे छ । 

देशमा  विद्यमान तरल अवस्था, मौलिक सम्पदा तथा समुदायको रक्षार्थ पौरख गौरव, हाम्रो संस्कृति, महान राष्ट्र र राष्ट्रियता बचाउन सांस्कृतिक शान्ति तथा सद्भाव र्याली गरेको बताइएको छ ।

ललितपुरको पाटन दरबार स्क्वायरमा भेला भएर र्याली  काठमाडौंकाे  बसन्तपुर दरबारकाे कालभैरव मन्दिरमा सम्पन्न गरिएको थियो ।  

सामुहिकतामा आधारित सांस्कृतिक एकताबाट देशलाई दिशानिर्देश गर्नुको विकल्प नरहेको आयोजकले जानकारी गराएको छ । सो सामूहिक भेला मार्फत शान्तिका लागि सांस्कृतिक कार्यक्रम तय गर्न राष्ट्रिय सामाजिक संघ संस्था, खलः पुचः सांस्कृतिक तथा जातीय समाज लगायत स्वाधीन अभियानकर्मी तथा शुभ चिन्तकहरुलाई उपस्थित हुन समेत संयुक्त अभियान समूहको मूख्य संयोजक राजमान मानव आह्वान गरेका थिए ।

Categorized in राष्ट्रिय