सरकारको विरोधमा नेमकिपा
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ श्रावण ११, सोमबार
निओ फ्युजन स्कुल अफ कम्प्युटर भक्तपुरको २१ औँ वार्षिक उत्सवको अवसरमा शनिबार भक्तपुरमा उदघाटन गर्दै नेपाल मजदुर किसान पार्टी -नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेले बिजुक्छेले वर्तमान सरकार नभई पनि नहुने र भएर पनि नहुने बताएका छन् । सरकार नभए पनि नहुने र तर भए पनि हालको सरकार भारत र अमेरिकाले बनाइदिएको आरोप लगाएका छन् । त्यही कारण सरकारको निरन्तर विरोध गरिरहने उनले जानकारी गराए ।
बिजुक्छेले सरकारको आलोचना लोकतान्त्रिक अभ्यासको अभिन्न पक्ष भएको उल्लेख गर्दै सरकार आवश्यक भए पनि गलत कामको विरोध गर्नुपर्ने धारणा राखे । यसकारण राजनीतिबाट कोही पनि टाढा रहन सक्दैन । तर राजनीति देश र जनताको हितका लागि हुनुपर्छ, उनले भने ।
कार्यक्रममा उनले नेवार समुदायको भोजको उदाहरण दिँदै बीचमै उठेर जाने परम्परा नभएजस्तै राज्य सञ्चालनमा पनि जिम्मेवारी र अनुशासन आवश्यक पर्ने धारणा व्यक्त गरे ।
निओ फ्युजन स्कुल अफ कम्प्युटरका निर्देशक बालकृष्ण बनमालाको सभापतित्वमा भएको कार्यक्रमा बागमती प्रदेशका सांसद् सुरेन्द्रराज गोसाईले राजनीति असल कामका लागि हुनुपर्ने बताए ।
Categorized in राष्ट्रिय

