STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विजय मल्ल शताब्दी महोत्सवको समापन सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ बैशाख २०, आइतबार

नइ एकेडेमीको आयाेजनामा भइरहेको  विजय मल्ल शताब्दी महोत्सवको आइतबार समापन गरिएको छ । महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले डा.साधना पन्त ‘प्रतीक्षा’कृत ‘नारीवादी नाटककार विजय मल्ल’नामक समालोचनात्मक ग्रन्थ र नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘विजय मल्ल’नामक जीवनीकृतिको आज वानीरा सङ्ग्रहालयमा लोकार्पणका साथै विजय मल्ल शताब्दी महोत्सवको  समापन गरिएको हाे । नइ एकेडेमीबाट प्रकाशित ती कृतिबारे प्रा.केशव सुवेदीले समीक्षात्मक मन्तव्य प्रकट गर्नुभएको थियो । 

विजय मल्लका सिर्जनात्मक कृतिको संवर्धनमा उल्लेखनीय योगदानका लागि नेपाल तथा भारतका ४५ जना प्राज्ञ, साहित्यकार, नाट्य र चलचित्रका कर्मीलाई २०८२ सालमा ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ र पदकबाट विभूषित गरिएको थियो । साथै नइबाट मल्लको व्यक्तित्व र कृतित्वमाथि चर्चापरिचर्चा पनि गरिएको थियो ।

सुविख्यात नाटककार, आख्यानकार तथा कवि विजय मल्लको १९८२ सालमा जन्म भई  र २०५६ सालमा निधन भएको थियो । 

नइ एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित विजय मल्ल शताब्दी महोत्सव विसर्जन समारोहमा महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले मल्लबारे लामो प्रवचन दिनु भएको थियो । समारोहमा ग्रन्थकार डा.साधना पन्त ‘प्रतीक्षा’ र नरेन्द्रराज प्रसाईले स्रष्टा विजय मल्लको योगदान र कृतिबारे प्रकाश पार्नु भएको थियो ।

Categorized in साहित्य-कला