STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको निधन

Janjati Khabar – Janjati Khabar | २०८० माघ ५, शुक्रबार

काठमाडौँ- वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको बिहीबार निधन भएको छ ।  पारिवारिक स्रोतका अनुसार बिहीबार राति साढे १२ बजे उनको निधन भएको थियो ।

दिउँसो स्वास्थ्यमा केही समस्या देखिएको र राति अझ चापेपछि अस्पताल लाने क्रममै उनको निधन भएको परिवारले जनाएको छ । उनलाई भ्याली अस्पताल लगिएको थियो ।

गायक वैद्य ७७ वर्षका थिए । 

उनका दुई छोरी र एक छोरा छन् ।

भर्खरै मात्रै उनलाई गंकी बसुन्धरा प्रतिष्ठानबाट प्रतिष्ठित ‘धुंस्वां साय्‌मि सिरपाः’ प्रदान गरिएको थियो । त्यस कार्यक्रममा भने उनी आफैं उपस्थिति हुन सकेका थिएनन् । तर भिडियो सन्देश भने दिएका थिए ।

 

उनी नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक र संगीतकार हुन् । नेपालीमा ‘सपना भुलाई सारा आँसु लिएर जाउ’, ‘मेरो आँसुमा नहाँसे’ र ‘नेपाल मेरो उपहार भो’ लोकप्रिय छन् । यस्तै नेपाल भाषामा ‘जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौं जिथाय् वइ’ लोकप्रिय रहेका छन् । 

शुक्रबार पशुपतिमा उनको अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।

Categorized in व्यक्तित्व