STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रेखा थापालाई अमेरिकामा पुत्री लाभ

Janjati Khabar – विजयरत्न असंबरे | २०८० फाल्गुण ११, शुक्रबार

नेपाली चलचित्र जगत कि चर्चित नायिका रेखा थापाले शुक्रबार पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी छन्। उनले अमेरिकामै छोरीलाई जन्म दिएपछि सामाजिक संजालमा छोरीको तस्वीर समेत सार्वजनिक गरेकी छिन्।

अहिले रेखा र छोरीको स्वास्थ्य अवस्था राम्रै रहेको बताइएको छ। रेखाका श्रीमान बलराम शाही ठकुरीले अहिले अमेरिकामा पत्नी र छोरीको हेरचाह गरिरहेका छन्।

रेखाले छोरीको नाम समेत राखिसकेकी छिन्। रेखाले राखे अनुसार छोरीको नाम वैभवी राज्यलक्ष्मी शाह रहेको छ। छोरीको तस्वीर सार्वजनिक गर्दै रेखाले एउटा स्टाटस समेत लेखेकी छिन्। ‘

"हेर आकाशमा कालो बादल वरिपरी चादिको घेरा छ, हेर धर्तिमा तिमी जन्मिनुको महान कारण छ।” रेखाले स्टाटसमा लेखेकी छिन्। अहिले रेखालाई बधाई दिनेहरुको ओइरो लागेको छ।

Categorized in व्यक्तित्व