राजेन्द्र सुवेदी स्मति पुरस्कार क्रमश: प्रश्रित र मुखियालाई प्रदान
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ श्रावण २५, आइतबार
नेपालको वाङ्गमय क्षेत्रका सुविख्यात अमर स्रष्टा राजेन्द्र सुवेदीको स्मृतिमा स्थापित राजेन्द्र सुवेदी स्मृति समाजले २०८२ सालको राजेन्द्र सुवेदी स्मृति पुरस्कार मोदनाथ प्रश्रितलाई र राजेन्द्र सुवेदी कला पुरस्कार टेकबीर मुखियालाई प्रदान गरेको छ ।
सो पुरस शुक्रबार सुवेदीको जन्म जयन्तीका अवसरमा सांस्कृतिक संस्थानको प्रेक्षालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. चूडामणि बन्धुले पुरस्कृत व्यक्तित्वहरुलाई सम्मानित गर्नु भएको थियो । स्व. सुवेदीको स्मृतिमा आयोजित सो कार्यक्रममा पुरस्कृत व्यक्तित्वहरुमाथि धीरकुमार श्रेष्ठले प्रकाश पार्नु भएको थियो भने शुभकामना मन्तव्य चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव कुश्मा महराले राख्नु भएको थियो । समारोहमा प्रा.डा. रामप्रसाद ज्ञवालीले राजेन्द्र सुवेदीको समालोचना यात्राबारे बृहत् गोष्ठीपत्र पेश गर्नुभएको थियो भने सो गोष्ठीपत्रमा प्रा.डा. लक्ष्मणप्रसाद गौतमले टिप्पणी गर्नुभएको थियो । जनही २२,२२२।– का उपरोक्त पुरस्कारहरु स्व. सुवेदीको जन्मदिनको अवसर पारेर प्रदान गरिएको सो कार्यक्रमा पुरस्कृत व्यक्तित्वहरुका तर्फबाट मोदनाथ प्रश्रितले मन्तव्य राख्नु भएको थियो भने राजेन्द्र सुवेदी स्मृति समाजद्वारा आयोजित सो समारोहमा श्वेतसदन माध्यमिक विद्यालयका ससाना नानीहरुले स्वागतनृत्य प्रस्तुत गरेक थिए । डा. हरि सिलवालले स्वागत मन्तव्य व्यक्त गरेको सो समारोहमा वरिष्ठ चलचत्रि निर्देशक लक्ष्मीनाथ शर्मा, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति के के कर्माचार्य, प्रा.डा. दयाराम श्रेष्ठ सम्भव, समाजसेवी भगवतीदास श्रेष्ठ, प्राज्ञ सञ्जय वान्तवा तथा रमेश खनाल, कलाकार मुकेश मल्ल आदिको बाक्लो उपस्थिति थियो ।
Categorized in साहित्य-कला

