STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मुहर्रमः हुसैनको त्याग र बलिदानको सम्झना

Janjati Khabar – Janjati Khabar | २०८० श्रावण १४, आइतबार

लुम्बिनी, इस्लामिक क्यालेन्डर अनुसार मुहर्रम इस्लाम धर्मको पहिलो महिना हो । यसलाई ‘हुरमतको महिना’, ‘गम र मातम’को महिना पनि भनिन्छ । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि यो महिना पैगम्बर मुहम्मदका नाति इमाम हुसेन ‘सहिद’को सम्झनामा धुमधामका साथ मनाइँदैछ ।मुहर्रम २० जुलाई देखि सुरू भई २९ जुलाई ९साउन १३ सम्म मुहर्रम मनाइएको थियो । इस्लाम धर्मका अनुसार यो महिनाले न्याय र अधिकारका लागि विशेष महत्व र इतिहास बोकेको छ । यही महिनामा हजरत इमाम हुसैनले कर्बलाको लडाइमा शहादत प्राप्त गर्नुभएको थियो ।
मुहर्रम महिनाको पहिलो १० दिन इमाम हुसेनको शोकका रुपमा मनाउने गरिन्छ । यसलाई असुरा पनि भनिन्छ । हजरत इमाम हुसैन अफ्ना ७२ साथीसहित मोहर्रम महिनाको दशाँै दिन कर्बलाको मैदानमा सहिद हुनुभएको सम्झनामा उहाँको शहादत र बलिदानी स्मरण गर्दै यस दिनलाई विशेषरुपमा सम्झिने गरिएको छ ।
“हजरत इमाम हुसैन न्याय, धर्म र अधिकारका लागि तत्कालीन इराकका बादशाह याजिदविरूद्धको लडाइँमा उहाँको सेनाबाट परिवारका सदस्य र अन्य साथीसहित कर्बलाको मैदानमा सहिद हुनुभएको थियो । उहाँ समानता, न्याय र दयाका लागि लड्ने गर्नुहुन्थ्यो”, अब्दुल्ला अलिगलले बताउनुभयो ।
तत्कालीन सल्तनतमा त्यहाँका नागरिकले अत्यधिक अन्याय भोग्नुपरेको उहाँले सुनाउनुभयो । अलिगलका अनुसार विशेषगरी त्यस्तै परम्परागत अधिकारको तत्कालीन राजनीतिक तथा धार्मिक वातावरणले त्यहाँका नागरिकलाई भयमुक्त हुन र आत्मनिर्भरता प्रदान गर्न असमर्थ बनाएको थियो ।हजरत इमाम हुसैन पैगम्बर ए इस्लाम हजरत मुहम्मद साहबका नाति हुनुहुन्थ्यो । इमाम हुसैनका बालिद अर्थात् पिताको नाम हजरत ‘शेरेखुदा’ अली थियो । उहाँ पैगम्बरका ज्वाइँ हुनुहुन्थ्यो । इमाम हुसैनको आमाको नाम बिबी फातिमा थियो ।
हजरत अली धार्मिक तथा सामाजिक मुखिया हुनुहुन्थ्यो । उहाँलाई चौथो खलिफा बनाइएको थियो । हजरत अलीको शहादतपछि मानिसहरू इमाम हसन ९हुसैनका दाजु०लाई खलिफा बनाउने पक्षमा हुनुहुन्थ्यो तर विद्रोह गरेर हजरत अमीर मुआविया खलिफा हुनुभयो ।
“सन् ६० हिजरीमा तत्कालीन शासक याजिद इस्लाम धर्मको सम्राट बन्न चाहनुभयो । उहाँ सम्पूर्ण अरब आफ्नो नियन्त्रणमा लिन चाहनुहुन्थ्यो । इंसानियत बचाउन याजिदको विरोधका इमाम हुसैनले कर्बलाको लडाइमा सहिद हुनुभयो”, मदरसा व्यवस्थापन समिति लुम्बिनी प्रदेश उपाध्यक्ष मौलाना मसुद नेपालीले बताउनुभयो ।  
मुहर्रमको दशौँ दिन अर्थात् आसुराका दिन ताजियादारी गरिन्छ । इमाम हुसैनको इराकमा दरगाह छ । यसको हुबहु नक्कल गरी ताजिया बनाइन्छ । शिया उलेमाका अनुसार, मोहर्रमको चाँद निस्किने पहिलो तारिखमा ताजिया राखिन्छ । यो दिन इमाम हुसैनको शहादतको सम्झनामा ताजियासहित जुलुस निकालिन्छ । ताजिया निकाल्ने परम्परा मात्र शिया समुदायमा छ, उत्तरी भारत र नेपालको अधिकांश ठाउँमा हिन्दूहरूले पनि ताजियासहित जुलुस निकाल्ने गरेका छन् ।
यो वर्ष देशअनुसार फरकफरक मितिमा मनाउने गरेको पाइन्छ । नेपालमा जस्तै भारत, पाकिस्तान र बङ्गलादेशमा पनि मुहर्रमको सुरुआत २० जुलाईदेखि भएको थियो । साउदी अरब, ओमान, कतर, इराक, बहराइन, संयुक्त अरब इमिरेट्सलगायतका अरब देशहरुमा मुहर्रम यो पर्व १९ जुलाईदेखि प्रारम्भ भई २८ जुलाइमा सकिएको थियो ।

Categorized in रोचक