STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मिसेस भोग नेपाल सीजन ३’ को शो स्टपर कन्टेन्ट क्रिएटर एलिजे जमाली

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ मङ्सिर २५, बिहिबार

सामाजिक सञ्जालकी लोकप्रिय कन्टेन्ट क्रिएटर एलिजे जमाली प्रायः चर्चामा रहिरहने नाम हो । नेपाली कन्टेन्ट क्रिएटर आयुष सिंह ठकुरीसंग वैवाहिक वन्धनमा बाँधिएर काठमाडौंमै बस्न थालेपछि उनी सामाजिक सञ्जालमा थप सक्रिय भैरहेकी छिन् ।

यसैबीच, हालसम्म आफ्नो सोसल मिडिया प्लेटफर्मबाट कन्टेन्ट क्रिएट गर्नुबाहेक केही सोसल वर्क तथा सोसल मिडियामार्फत नै ब्राण्ड इण्डोर्समेन्ट गर्दै आएकी एलिजे जमाली पहिलो पटक एउटा सामाजिक उद्देश्य बोकेको नेपाली सौन्दर्य प्रतियोगितामा आवद्ध भएकी छिन् ।

हाउस अफ फेसन नेपालले पछिल्लो दुई वर्षदेखि आयोजना गर्दै आइरहेको ‘मिसेस भोग नेपाल’ को तेस्रो संस्करण अर्थात सीजन ३ मा एलिजे जमाली शोस्टपरको रुपमा अनुवन्धित भएकी छिन् ।

हाउस अफ फेसन नेपालकी अध्यक्ष ओशिमा बानुले कलाकर्मीलाई दिएको जानकारी अनुसार यी लोकप्रिय कन्टेन्ट क्रिएटर शगुन ज्वेलर्स प्रिजेन्ट्स मिसेज भोग नेपाल सीजन– ३ मा शोस्टपरको रूपमा सहभागि हुनेछिन् । आयोजक संस्थाले केही दिनअघि जमालीसंग शोस्टपरका लागि सहभागिता जनाउने उदेश्यसहितको सम्झौता–पत्रमा हस्ताक्षरसमेत गरिसकेको छ ।

हाउस अफ फेसन नेपालले ‘क्राउन योर कन्फिडेन्स’ भन्ने विषयवस्तुमा आधारित मिसेज भोग नेपालको तेस्रो सीजनका लागि डिजिटल मिडियाकी सेलिब्रेटी तथा सार्वजनिक हस्ती अलिजे जमालीलाई ग्राण्ड फिनालेको आधिकारिक शोस्टपरको रूपमा स्वागत गरेको हो ।

यो प्रतियोगितामा शोस्टपरको रुपमा आवद्ध भएसंगै उनले अनलाइनमार्फत गर्दै आइरहेको महिला सशक्तिकरण तथा आत्म–सम्मान प्रवर्द्धनमा केन्द्रित हुनेछ, जसले मिसेज भोग नेपालको विवाहित महिलालाई जीवनका हरेक क्षेत्रमा सम्मान र उत्सव मनाउने प्रतिबद्धतासंग पूर्ण रूपमा मेल खाने आयोजक संस्थाको भनाइ छ ।

‘जमालीको उपस्थिति केवल ग्ल्यामरको लागि मात्र नभई, उनले व्यक्त गर्ने शक्तिशाली सन्देशका कारण पनि कार्यक्रमको प्रमुख आकर्षण हुने अपेक्षा गरिएको छ, आयोजक संस्थाकी प्रमुख ओशिमा बानुको भनाइ छ ।

अडिसनको मिति घोषणा 

यसैबीच, हाउस अफ फेसन नेपालले तेस्रो संस्करणको मिसेज भोग नेपाल सीजन ३ को अडिसन मिति घोषणा घोषणा गरेको छ । आयोजक संस्थाले दिएको जानकारी अनुसार यो प्रतिष्ठित प्रतियोगिताको अडिसन यही पुस १२ गते अर्थात डिसेम्बर २७ का दिन गरिने भएको छ ।

‘यस वर्षको हाम्रो अभियान हो ‘क्राउन योर कन्फिडेन्स’, जसले हरेक महिलाको शक्ति, साहस र विशेषतालाई सम्मान गर्दै उत्सव मनाउने उद्देश्य राखेको छ, आयोजक संस्थाले आफ्नो सूचनामा भनेको छ– ‘सीटहरू सीमित छन्, त्यसैले आफ्नो अवसर लिनुहोस्—अग्रसर हुनुहोस्, आफूमाथि विश्वास गर्नुहोस्, र तपाईं बन्नै पर्ने महिला बन्नु होस् ।’

Categorized in साहित्य-कला