STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

माग्ने बुढा ब्याडमिन्टन खेल्ने क्रममा घाइते

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ भाद्र १३, शुक्रबार

कुपण्डोलमा ब्याडमिन्टन खेल्ने क्रममा माग्ने बुढा भनेर लोकप्रिय कलाकार  केदार प्रसाद घिमिरे घाइते घाइते भएका छन् । उनको दायाँ काँधको हड्डी फ्याक्चर भएको बताइएको छ । अस्वस्ताको कारण अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ ले अब एक महिना आराम गर्नुपर्ने भएको छ । 

सोमबार घाइते भए पनि माग्ने बुढा नियमित काममा थिए । तर, मङ्गलबार दुखाइ बढेपछि चेकजाँचका लागि एभरेस्ट हस्पिटल गएका थिए । हस्पिटलमा चेकजाँचको क्रममा उनको दायाँ काँधको हड्डी अलिकति फ्याक्चर भएको रिपोर्ट आएको बताइएको छ । उनलाई डाक्टर सम्पूर्ण महर्जनले चार हप्ता पूर्ण रुपमा आराम गर्नुपर्ने सुझाव दिएको  बताइएको छ ।

अहिले माग्ने बूढाको चलचित्र ‘माग्ने राजा’ हलहरूमा सफलता पूर्वक  चलिरहेको छ भने आउँदो दशैँ फूलपातीमा उनको ‘माइतीघर’ प्रदर्शन हुँदैछ र त्यसको लगत्तै तिहार मा अनमोल के सि सित ‘जेरी अन टप’ प्रदर्शनको तयारीमा छ ।

Categorized in व्यक्तित्व