STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण

Janjati Khabar – Janjati Khabar | २०७८ पौष २४, शनिबार

२४ पुस, काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कारोना भाइरसको संक्रमण भएको छ । शुक्रबार बेलुका पीसीआर परीक्षण गरिएकोमा संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ । प्रचण्ड केही दिनदेखि अस्वस्थ छन् । उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको निजी सचिवालयले जनाएको छ ।

डाक्टरको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकाले पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको सचिवालयले जनाएको छ । माओवादीका अर्का नेता नारायणकाजी श्रेष्ठ प्रकाशलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

Categorized in व्यक्तित्व