
महाकुम्भ मेलामा भागदौड : मृत्यु हुनेको संख्या ३० पुग्यो, ६० घाइते
Janjati Khabar – Janjati Khabar | २०८१ माघ १६, बुधबार

नयाँ दिल्ली - भारतको उत्तर प्रदेशमा हिन्दूहरूको महाकुम्भ मेलामा बुधबार बिहान भागदौड हुँदा कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै अन्य ६० जना घाइते भएको प्रहरीले जनाएको छ ।
गंगा, यमुना र सरस्वती तीन नदीको संगममा स्नान गर्न करिब १० करोड मानिस भेला भएका थिए ।
मृतक ३० मध्ये २५ जनाको सनाखत भइसकेको र बाँकी शवको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
एक वरिष्ठ प्रहरी अधिकारीले स्थानीय समय अनुसार बिहान १ः०० देखि २ः०० बजेको बीचमा भागदौड भएको जानकारी दिए । रासस/सिन्ह्वा
Categorized in अन्तर्राष्ट्रिय