STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भक्तपुरको हनुमन्ते सफाइ ५१औँ हप्ते अभियान

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण १, बुधबार

देशकै नमूना बनेको भक्तपुरको हनुमन्ते सफाइ अभियानको ५१औँ हप्ता भव्यरूपमा मनाइने भएको छ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा यही फागुन ४ गते हुने हनुमन्ते सफाइ अभियानको ५१ औँ साताको कार्यक्रम भव्यरुपमा मनाइने भएको हो । प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतको ‘सफा सुन्दर हराभरा भक्तपुर, सुरक्षित भक्तपुर, उज्यालो भक्तपुर र जाममुक्त भक्तपुर’ बनाउने लक्ष्यका साथ उहाँकै पहलमा सूर्यविनायक नगरपालिकाको संयोजकत्वमा शुरु भएको उक्त सफाइ अभियानले ५०औँ हप्ता पार गर्दा सरकारको विनालगानी देशकै नमूना सफाइ अभियानको रूपमा परिचित बन्न सफल भएको छ । नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका सांसद बस्नेतले १०० हप्ताको हनुमन्ते सफाइ अभियानले वाग्मतीको सहायक नदीको रुपमा बग्ने हनुमन्ते नदी सफाइ अभियानले अरनिको राजमार्गदेखि नगरपालिकाका वडावडामा समेत सफाइ अभियान सञ्चालन गर्न सफल भएको बताउनुभयो । यही फागुन ४ गते बिहान ७ बजे मध्यपुर अस्पतालको दक्षिणतर्फ रहेको मध्यपुरथिमि र सूर्यविनायक नगरपालिकाको सिमानास्थित हनुमन्ते नदीको पुलबाट सफाइ अभियान सञ्चालन गर्नुका साथै राष्ट्रिय धावक बैकुण्ठ मानन्धरको नेतृत्वमा वाकाथुनसमेत हुने सांसद बस्नेतले जानकारी दिनुभयो । वाकाथुनसँगै भक्तपुरको सल्लाघारीमा नेपालको ठूलो झण्डा गाडेर झण्डोत्तोलनसमेत गरिने भएको छ । प्रत्येक साता सांसद बस्नेतदेखि प्रदेशसभा सदस्य शशीजङ्ग थापा, मध्यपुरथिमि र सूर्यविनायक नगरपालिकाका सबै जनप्रतिनिधिसहित सयौँ अभियन्ताले नियमित रूपमा हातहातमा कुचो समाएर सफाइ अभियानमा जुटेर नमूनाको रुपमा सफाइ अभियान सफल पार्दै आउनुभएको छ । हनुमन्ते सफाइ अभियानले नै अरनिको राजमार्ग सफाइ अभियानदेखि सम्पदा, मठमन्दिर सफाइ अभियान, गाउँटोल सफाइ अभियानसमेत सञ्चालन गर्दै आएको उक्त सफाइ अभियानका संयोजकसमेत रहनुभएका सूर्यविनायकका नगर प्रमुख वासुदेव थापाले जानकारी दिनुभयो ।
Categorized in उपत्यका