
बाजुराको बाम्का बजारमा भीषण आगलागी, १८ वटा पसल जले
Janjati Khabar – Janjati Khabar | २०८२ जेठ २३, शुक्रबार

काठमाडौं - बाजुराको बुढीगंगा नगरपालिका-८ मा रहेको बाम्का बजारमा भीषण आगलागी भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक इकबाल हवारीका अनुसार ग्यास सिलिन्डर पड्किएर आगलागी भएको हो ।
दिउँसो ४ बजे लागेको आगो अझै नियन्त्रणमा आएको छैन । बाजुरा बुढीगंगा नगरपालिकाका मेयर रामबहादुर बानियाँले आगलागीबाट ठूलो क्षति भएको बताए । ‘अहिले पनि आगो नियन्त्रणमा आएको छैन । पूरै बजारमा ठूलो क्षति भयो’, उनले भने ।
एक लाइनमा करिब ३०-३५ पसल थिए । ती पसलमा आगलागीबाट क्षति भएको उनले बताए । मानवीय क्षति नभए पनि ठूलो धनमालको क्षति भएको बताइएको छ ।
Categorized in अपराध-दुर्घटना