
प्रशान्त, प्रियंका र आयुष्मानद्वारा ‘सफायर एस्थेटिक’ उद्घाटन सम्पन्न
Janjati Khabar – विजयरत्न असंबरे | २०८१ माघ २१, सोमबार

ललितपुरको युएन पार्कनजिकै ' उज्वल छालाको लागि तपाईंँको गन्तव्य’ भन्ने नाराका साथ सफायर एस्थेटिक केन्द्र सञ्चालनमा ल्याएको छ । नेपालका लोकप्रिय कलाकार प्रशान्त ताम्राकार, अभिनेत्री प्रियंका कार्की तथा अभिनेता आयुष्मान देशराज जोशीले सफायर एस्थेटिकको उद्घाटन एक समारोहका बीच रिबन काट्दै उद्घाटन गरेका छन् ।
सफायर एस्थेटिकमा छाला उपचार, लेजर उपचार, वडी कन्टोरिङ र फ्याट रिडक्सन, पिआरपी थेरापी, कस्टेमिक डर्माटोलाजी, सौन्दर्य सर्जिकल सुविधा, कस्टोमाइज्ड स्किन केयर प्लानहरु प्राप्त गर्न सकिने बताइएको छ ।
यहाँ डर्माटोलोजिष्ट एण्ड फेसियल प्लास्टिक सर्जन, इएनटी एण्ड फेसियल प्लाष्टिक सर्जन, अकुलोप्लाष्टी एण्ड फेसियल प्लाष्टिक सर्जनलगायतदक्षविशेषज्ञ टिमबाट सेवाप्राप्त गर्न सकिने छ । जहाँ नयाँ टेक्नोलाजीमा आधारित अत्याधुनिक मेडिकल उपकरणहरुको व्यवस्था गरिएको छ । यसबाट फेसियल एनलाईसिस, वडी कम्पोजिसन एनालाईसिसको सुविधाप्राप्त गर्न सकिन्छ । क्रायोलाइपोलाईसिस (चिसोबाट सेकेर बोसो पगाल्ने), इएनटी स्लिमिंग (यसबाट बोसो पगालेर मसल्स स्ट्रेन्थिंग गर्ने), जसका लागि अब विदेश जानु नपर्ने र धेरै खर्च नहुने भएको छ । धेरै सरल र सुविधाका साथ नेपालमै सम्भव गराउन सफल भएको अकुलोप्लाष्टी एण्ड फेसियल प्लास्टिक सर्जन डा. पूजा राजभण्डारीले जानकारी दिइन् ।
विगत १० वषदेखि ललितपुरको पुल्चोकस्थित नेशनल आई एण्ड कस्मेटिक सर्जरी सेन्टर सञ्चालन गर्दै आएकोमा यसलाई अझ विस्तारका रुपमा विगर र बेटर रुपमा अघि बढाउन आफ्नो सेवा नयाँ ठाउँमा सिफ्ट भएको अकुलोप्लाष्टी एण्ड फेसियल प्लास्टिक सर्जन डा. पूजा राजभण्डारीले बताइन् । उनले– ‘आफ्नो सौन्दर्य राम्रो भएपछि सेल्फ कन्फिडेन्स बढेको र भित्रै देखि खुशी हुने गरेको पाइएको छ । यसले काम गर्ने ठाउँमा इफिसियन्सी बढेको देखिन्छ ।’ भनि बताइन् ।
Categorized in साहित्य-कला