STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रधानमन्त्री देउवा आइसोलेशनमा

Janjati Khabar – Janjati Khabar | २०७८ पौष २४, शनिबार

पुस २४,  काठमाडौं -प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि आइसोलेशनमा बसेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवा आजदेखि आइसोलेशनमा बसेका हुन् । देउवाको कोभिड–१९ को परीक्षण आइतबार हुनेछ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना सङ्क्रमण भएपछि देउवा आइसोलेशनमा बसेका हुन् । दुई दिनअघि बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा प्रचण्डसँगै सहभागी थिए ।

प्रचण्डमा कोरोना पुष्टि भएपछि प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धनका शीर्ष नेतासमेत कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।

माओवादीमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेताहरू हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, रमेश मल्ललगायतमा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।

Categorized in व्यक्तित्व