STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रचण्ड कोरोना संक्रमणमुक्त

Janjati Khabar – Janjati Khabar | २०७८ माघ ३, सोमबार

काठमाडाैं, माघ ३ -  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोरोना संक्रमणमुक्त भएका छन् । प्रचण्डको सचिवायलयले उनी कोरोनामुक्त भएको जानकारी दिएको छ ।

पीसीआर परीक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएसँगै अध्यक्ष प्रचण्ड कोरोनामुक्त भएको उनकी छोरी गंगा दाहालले जानकारी दिएकी छन् ।

‘अध्यक्ष कमरेड प्रचण्डको पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएसँगै उहाँ कोरोनामुक्त हुनुभएको छ । यस दौरानमा स्वास्थ्य लाभको कामना गर्नुहुने सबैप्रति हार्दिक आभार’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

प्रचण्डलाई २४ पुसमा कोरोना पुष्टि भएको थियो । कोरोना संक्रमण भएसँगै उनी घरमै आइसोलेशनमा बसेका थिए ।

Categorized in व्यक्तित्व