
पेट्रोलमा दुई र डिजेल–मट्टितेलमा पाँच रुपैयाँ बढ्यो
Janjati Khabar – Janjati Khabar | २०८१ आषाढ १६, आइतबार

काठमाडौं— नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ।
इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पेट्रोल लिटरमा २ र डिजेल–मट्टितेल लिटरमा ५ रुपैयाँ बढाइएको हो।
नयाँ मूल्य आइतबार मध्यरातदेखि लागू हुने छ।
हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।
Categorized in बिजनेस