STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेवार अगुवा लक्ष्मीदास मानन्धर रहेनन्

Janjati Khabar – Janjati Khabar | २०७८ माघ ६, बिहिबार

काठमाडौं, माघ ६ ( भाषासेवी, उद्योगपति, समाजसेवी एवं नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति सल्लाहकार समितिका संयोजक नेवार अगुवा साहु लक्ष्मीदास मानन्धर आज (बिहीबार) साँझ दिवंगत हुनुभएको छ ।

मानन्धरको परिवारले दिएको जानकारीअनुसार साँझ अकस्मात् स्वास्थ्यस्थिति बिग्रिएपछि उनलाई ह्याम्स अस्पताल लगिएको थियो । अस्पतालमै मानन्धरको हृदयाघातबाट मृत्यु भएको जनाइएको छ ।

९३ वर्षीय मानन्धरलाई केही दिनअघि कोरोना संक्रमण भएको थियो भने उपचारको लागि उहाँ ह्याम्स अस्पतालमा भर्ना हुनुभएको थियो । गत पुस २८ गते ज्वर र खोकी लागेपछि उहाँको पिसिआर परीक्षण गरिएको थियो । परीक्षणमा उनमा कोरोना पोजेटिभ पाइएको थियो ।

दिवंगत मानन्धरको भोलि अन्तिम यात्रापछि अन्तिम सस्कार गरिने जनाइएको छ ।

Categorized in व्यक्तित्व