STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपालमा भेटियाे कोरोनाको नयाँ भेरियन्ट ‘बीए फाइभ’

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ २०, सोमबार

काठमाडौं - नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘बीए फाइभ’ भेटिएको छ । काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा जिन सिक्वेन्सिङ गर्दा ओमिक्रोनको नयाँ प्रजाति बीए फाइभ भेटिएको हो । 

अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नयाँ भेरियन्ट भेटिएको पत्र पठाएको छ । ‘एउटा केसमा नयाँ भेरियन्ट भेटिएको पत्र आएको छ,’ प्रयोगशालाकी निर्देशक डा रुना झाले भनिन्, ‘नयाँ भेरियन्ट भेटिएको संक्रमित कहाँको हो विवरण मागेका छौँ । संक्रमितको हिस्ट्री खोजिरहेका छौँ ।’

धुलिखेल अस्पतालले संकलन गरेको स्याम्पलको जिन सिक्वेन्सिङ गरेको थियो । अस्पतालका अनुसार नयाँ भेरियन्ट देखिएको संक्रमित कहाँको हो भनेर पहिचान भइसकेकाे छैन । बीए फाइभ भेरियन्ट छिटो फैलने क्षमतायुक्त भएको विज्ञहरू बताउँछन् । ‘तीव्र गतिमा फैलने क्षमता भएको तर घातक नभएको देखिन्छ,’ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन् । छिमेकी देश भारतमा पनि बीए फाइभका संक्रमित देखिएका छन् ।

सीमा नाकाबाट नागरिक नेपाल प्रवेश गर्ने भएकाले नयाँ भेरियन्टको जोखिम भएको सरकारी अधिकारीहरू बताउँछन् । ‘सीमा नाकामा दैनिम १०–१२ वटा केस देखिएको छ । संक्रमितको संख्या पछिल्लो दिनमा बढिरहेको छ,’ इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भने । 

Categorized in स्वास्थ्य-मौसम