STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपालमा थप २०५ जनामा कोरोना पुष्टि

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ ३२, शनिबार

काठमाडौं - पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९० जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार १९९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ सय ५२ जना र १ हजार ८९१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २२ हजार २०१ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या १३ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा १ हजार ३८५ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ५१ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार ५७ पुगेको छ ।

Categorized in स्वास्थ्य-मौसम