STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नइको १८८ ओैँ कृतिको रुपमा दानवीर खनूपरूदे 'रामबाबु'प्रकाशित हुने

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ भाद्र ७, शनिबार

नइ एकेडेमीबाट सुप्रसिद्ध राजनीतिज्ञ, समाजसेवी तथा दानवीर खनूपरूदे 'रामबाबु' प्रसाईको व्यक्तित्व र कृतित्वमा आधारित संस्मरणात्मक ग्रन्थ 'खनूपरूदे रामबाबु' चाँडै प्रकाशित हुने भएकोछ ।

नेपाली राष्ट्रियताका पुजारी, निष्ठावान् राजनीतिज्ञ तथा  समाजसेवी खनुपरूदे 'रामबाबु' प्रसाईसँगका घनिष्ठ  व्यक्तित्वहरूको संस्मरणात्मक लेखको सँगालोको प्रथम खण्डमा खनूपरूदे रामबाबुको जीवनी रहने बताइएको छ ।

यस्तै गरी'खनूपरूदे रामबाबु' नामक ग्रन्थको दोस्रो खण्डमा आधा सय जति साहित्यकार, कलाकार,  राजनीतिज्ञ तथा समाजसेवीका लेखहरू समावेश हुने छन् ।

स्मरणरहोस्- २०६६ सालमा रामबाबु प्रसाईले नइ एकेडेमीमा करिब एक करोड रुपियाँ जति अक्षयकोष राखिदिनु भएको थियो । उहाँ नइका दाता, संरक्षक र मानार्थ सदस्य हुनुहुन्थ्यो ।

रामबाबु प्रसाईले नइमा अक्षयकोष राखेर साइत गरेपछि देशभक्त राजनेता कीर्तिनिधि विष्टले ३० लाख रुपियाँ र सुप्रसिद्ध मनोचिकित्सक डा.कपिलदेव उपाध्यायले २३ लाख रुपियाँ राखिदिनु भयो । साथै अन्य दानवीरहरूबाट पनि नइको अक्षयकोषमा वृद्धि भ‌‌ैरहेको छ । हाल नइ एकेडेमीमा करिब तीन करोड रुपियाँ राशिको अक्षयकोष रहेको छ ।

Categorized in साहित्य-कला