STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दुर्गा प्रसाईसहित १० जनालाई विदेश यात्रामा प्रतिबन्ध

Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र १८, सोमबार

काठमाडौं - गृहमन्त्रालयले राजावादीको हिंसात्मक आन्दोलनमा संलग्न जनकमाण्डर दुर्गा प्रसाईसहित राप्रपाका नेताहरूको विदेश यात्रामा प्रतिबन्ध लगाएको छ। 

गृहमन्त्रालयले राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कमाण्डर प्रसाईसहित राप्रपाका नेताहरू धवल शमशेर राणा र रविन्द्र मिश्रलाई विदेश यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेको हो। राणा राप्रपाबाट प्रतिनिधिसभा सदस्य हुन्।

गृहमन्त्रालय उच्च स्रोतका अनुसार प्रसाई,राणा र मिश्रसहित राजावादीको हिंस्रक आन्दोलनमा सहभागी अन्य १० जनालाई समेत विदेशमा यात्रामा प्रतिबन्ध लगाएको हो। गृहमन्त्राल स्रोतले अन्नपूर्णसँग भन्यो प्रहरी हिरासतमा राखेर केहीको अनुसन्धान भइरहेको छ।

उहाँहरूलाई समेत विदेश यात्रामा प्रतिबन्ध लगाएका छौं। अनुसन्धानको दायरामा रहेका अन्य केही व्यक्तिलाई पनि विदेश यात्रामा प्रतिबन्ध लगाइएको छ।

प्रसाई,राणा र मिश्रसहित राजावादीको हिंस्रक आन्दोलनमा संलग्न १० जनालाई विदेश यात्रामा रोक लगाएको  गृहस्रोतले बताएको छ। स्रोतका अनुसार गृहमन्त्रालयले  विदेश यात्रामा प्रतिबन्ध लगाइएकाहरूमाथि निगरानी गर्न सबै अध्यागमन कार्यालय र नाकाहरूमा परिपत्र गरिसकेको छ।

Categorized in राजनीति