दुर्गमका छात्रालाई नइ कपिल विद्या पदक प्रदान
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ मङ्सिर ८, सोमबार
वाङ्गमय क्षेत्रमा अग्र स्थानमा रहँदै आएको प्राज्ञिक संस्था नइ एकेडेमीले डोल्पा, हुम्ला, बाजुरा र दार्चुला जिल्लाका सर्वश्री सुमित्रा बूढा, सौमती शाही, प्रतीक्षा विष्ट र इशारा कोट्टारीलाई जनही तीसतीस हजार रुपियाँ राशि सहित 'नइ कपिल विद्यापदक' प्रदान गरेको छ ।
चारै जना छात्रालाई अनलाइनबाट पुरस्कारका राशि प्रदान गरिएको हो ।
चार दुर्गम जिल्लाका छात्राहरू २०८२ सालका सर्वोत्कृष्ट घोषित भएका हुन् ।
चार जिल्लाका सरकारी स्कुलबाट कक्षा १२ का छात्रामध्ये सर्वोत्कृष्टलाई 'नइ कपिल विद्या पदक' प्रदान हुँदै आएको छ ।
सर्वोत्कृष्ट घोषित छात्राहरू डोल्पाको आदर्श स्कुल,
हुम्लाको मानसरोवर स्कुल, बाजुराको जनप्रकाश स्कुल र दार्चुलाको लटीनाथ स्कुलका रहेका छन् ।
नइ एकेडेमीले २०७९ सालदेखि सुप्रसिद्ध मनोचिकित्सक डा.कपिलदेव उपाध्यायका सम्मानमा बर्सेनि 'नइ कपिल विद्यापदक' समर्पण गर्दै आएको कुरा सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताएको छ ।
Categorized in साहित्य-कला

