STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दुई प्राज्ञलाई मरणोपरान्त 'नइ प्रज्ञा पुरस्कार'

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ फाल्गुण २०, बुधबार

नइ एकेडेमीले 'नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धिका साथै नेपाली भाषासाहित्यको पठनपाठन, अनुसन्धान तथा सिर्जनात्मक संवर्धनमा समर्पित भएबापत दुई जना प्राध्यापकलाई मरणोपरान्त 'नइ प्रज्ञा पुरस्कार' समर्पण गर्ने भएको   छ ।

यसरी मरणाेपरान्त पुरस्कृत हुनेहरुमा   प्रा.डा.ताराकान्त पाण्डे र प्रा.खेमराज जोशीलाई 'नइ प्रज्ञा पुरस्कार'बाट विभूषित गरिने भएको हो । यी पुरस्कारका राशि जनही पचास पचास हजार रुपियाँ रहेका छन् । नइ एकेडेमीले २०८२ साल चैत २७, २८ र २९ गते सम्पन्न हुने 'नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’का अवसरमा प्रा.डा.पाण्डे र प्रा.ज‍ोशीका पत्नी या उत्तराधिकारीला 'नइ प्रज्ञा पुरस्कार' समर्पण गर्ने भएको छ ।

नइ एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको  कुरा  सदस्यसचिव नरेन्द्रराज प्रसाई   ले बताउनु भएको   हो ।

Categorized in साहित्य-कला