STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

थरुहट आन्दोलनको तयारी

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र ६, बुधबार

थरुहट प्रदेशको माग गर्दै आएको थरुहट/थारुवान संघर्ष समितिले बर्दियामा राष्ट्रिय भेलाको तयारी थालेको छ । संघर्ष समिति र थारु कल्याणकारिणी सभा (थाकस)ले चैत १६ गते बर्दियामा हुने थरुहट आन्दोलन, नेतृत्व र अबको बाटो विषयक राष्ट्रिय भेलाको तयारी थालेको हो । २०७२ भदौ ७ गते टीकापुर घटना घटेपछि उठ्न नसेको सो आन्दोलनबारे रणनैतिक योजना तय गर्नेबारे छलफल हुने थाकस कैलालीका कार्यवाहक सभापति माधव चौधरीले जानकारी दिए । फागुन २२ गते जिल्ला अदालत कैलालीको फैससा आएपछि जेल सजाय भुक्तान गरेका थारु नेता, अगुवासहितको उपस्थितिमा राष्ट्रिय भेला हुने उनले बताए । उक्त भेला तीनवटा उद्देश्यमा केन्द्रित हुने जनाइएको छ । टीकापुर मुद्दा र अदालतको फैसला, थरुहट आन्दोलनको अवस्था, मोर्चाबन्दी, नेतृत्व एवं भावी संघर्षका कार्यक्रमहरू र कारागार अनुभव सेयरिङसहित निष्कर्षमा पुगिने थारु नेता लक्ष्मण थारुले लोकान्त्तरलाई बताए । उनले केही दिनभित्रै टीकापुर घटनासम्बन्धी मुद्दा पुनरावेदन गर्ने बताए । जिल्ला अदालत कैलालीको फैसलाको सम्मान गर्दै न्याय प्राप्तिको लागि उच्च अदालत जाने बताए । ‘हामी जिल्ला अदालतको फैसलालाई सम्मान गर्दै न्याय नपाएसम्म अगाडि बढिरहने छौं । हामी निर्दोष छौ । निर्दोष सावित नभएसम्म कानूनी लडाई जारी राख्नेछौं’, नेता थारुले भने । राजनीतिक अधिकार प्राप्तिको माग पूरा नभएसम्म शान्तिपूर्ण आन्दोलन जारी तथा सरकार र संघर्ष समितिबीच २०६५ सालमा भएको समझौता कार्यान्वयनका लागि दबाब सिर्जना गरी राख्ने उनको भनाइ थियो ।  थारुवान डट कमबाट साभार
Categorized in राजनीति