STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

तीनकुने झडपमा कीर्तिपुरका सविन महर्जनको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र १५, शुक्रबार

काठमाडौं - काठमाडौंको तीनकुने क्षेत्रमा भएको आन्दोलनका क्रममा एकजनाको मृत्यु भएको छ । गृह मन्त्रालयले दिएको जानकारीअनुसार तीनकुने क्षेत्रमा कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको छ ।

प्रहरीको गोली लागेर घाइते भएका उनको त्रिवि शिक्षण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।

२९ वर्षीय महर्जन दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनस्र्थापनाका लागी संयुक्त जनआन्दोलन समिति’ले आयोजना गरेको प्रदर्शनमा सहभागी थिए ।

Categorized in राजनीति