STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

तरुण दल क्षेत्र नम्बर १० का पूर्व सभापति प्रमेश महर्जनको असमायिक निधन

Janjati Khabar – ललेन्द्र शाक्य | २०७८ पौष २५, आइतबार

कीर्तिपुर नगरपालिका ८ वडा पांगाका समाजसेवी, राजनीतिकर्मी प्रमेश (महेन्द्र) महर्जन शनिबार साँझ असमायिक निधन भएको छ ।

कुनै रोगबाट पीडित नभएका प्रमेश महर्जन शनिबार साँझ अकस्मात् हृदयघातका कारण निधन भएको हो ।

अति मिलनसार एवं हँसमुखी राजनीतिकर्मी एवं समाजसेवीका रुपमा चीरपरिचित दिवंगत प्रमेश महर्जनको अन्तिम संस्कार आइतबार बिहान कीर्तिपुर ७ स्थित भाजंगलमा अवस्थित विष्णुदेवी घाटमा भएको थियो ।

अन्तिम संस्कारको लागि आइतबार विहान पांगा ध्वाकासि बसपार्कमा भेला भई घाटसम्म शवयात्रा गरी अन्तिम दाहसंस्कार गरिएको थियो ।

दिवंगत प्रमेश (महेन्द्र) महर्जन नेपाल तरुण दल क्षेत्र नम्बर १० का पूर्व सभापति हुन् भने उहाँ नेपाली कांग्रेस क्षेत्र नम्बर १० का निवर्तमान सदस्य पनि हुन् ।

Categorized in व्यक्तित्व