STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जेरी अन टप पछिअनमोल के सिको 'बाटुलो जून'

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ मङ्सिर ५, शुक्रबार

छडके २ , फर्कि फर्कि ले आशातित व्यापार गर्न नसकेपनि जेरी अन टपले राम्रो व्यापार गरे पछि अनमोल के सि को चर्चा फेरी चुलिएको छ । यसैक्रममा सनराइज पिक्चर्स प्रालीको ब्यानरमा निर्माण हुने चलचित्र 'बाटुलो जून'को शुभसाइत गरिएको छ । पाटनस्थित बगलामुखी मन्दिरमा शुक्रबार क्यामेरा र स्कृप्ट पूजा गर्दै निर्माण युनिट फ्लोरमा निस्केको हो ।

पछिल्लो फिल्म 'ड्रिम्स'रिलिजको झण्डै १० वर्षपछि अभिनेता तथा निर्देशक भुवन केसी यो चलचित्रबाट 'एक्सन कट'मा पुनरागमन गर्दैछन् । स्टार अभिनेता अनमोल केसी प्रमुख भूमिकामा रहने चलचित्रमा उनलाई अभिनेत्रीद्वय प्रिन्सी खतिवडा र नेन्सी खड्काले साथ दिनेछन् । भुवन केसी आफैंपनि प्रमुख अभिनयमा रहने 'बाटुलो जून'मा प्रकाश घिमिरे, रेअर राई, दिपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर शिवाकोटी, अर्पणा घतानी, विविका पौडेल र कमल देवकोटा अभिनयमा रहनेछन् ।

निर्देशक केसीको यो चलचित्र ग्रामिण परिवेशको विशुद्ध प्रेमकथामा आधारित रहने बताइएको छ । ''बाटुलो जून' निर्माणमा जीयासँग भविष्य खड्काले साझेदारी गरेकी छन् । खड्का पछिल्लो हिट फिल्म 'जेरी अन टप'की निर्मात्री हुन् । लगानीबारेको प्रश्नमा खड्काले राम्रो र उत्कृष्ट चलचित्र निर्माणको लागि कुनै सम्झौता नहुने बताइन् ।

अभिनेत्रीद्वय प्रिन्सी र नेन्सीले अनमोलको फ्यानको रूपमा परिचित गराउँदै एकसाथ स्कृन सेयर गर्न पाउनुलाई गर्व र सिकाइको अबसरको रूपमा लिएको बताए ।

पहिलो चरणमा ४५ दिनको छायांकन सेड्यूअलसहित फ्लोरमा निस्केको यो चलचित्रलाई काठमाडौ, ढोरपाटन, काभ्रेपलाञ्चोक, चित्लाङ र पोखरा लगायतका स्थानमा छायांकन गरिने निर्माण टिमले बताएको छ । चलचित्रमा तेजबिक्रम केसी कार्यकारी निर्माता छन् भने लेखन सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलको छ । प्रदीप श्रेष्ठ एसोसिएट निर्देशक रहेको चलचित्रमा छायांकन राजेश श्रेष्ठको रहनेछ । रेनशा वान्तवा राईको कोरियोग्राफी रहने छ ।

Categorized in सिनेमा