STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ख्यातिप्राप्त फोटोग्राफर राजीव श्रेष्ठलाई मातृ शोक

Janjati Khabar – विजयरत्न असंबरे | २०८० माघ १०, बुधबार

हाल काम विशेषले अमेरिका बस्दै आएका  नेपालको ग्ल्यामर संसारका ख्यातिप्राप्त फोटोग्राफर एवम् सन्चारकर्मि राजिव श्रेष्ठकि ८९ वर्षीय ममतामयी आमा कमला श्रेष्ठको अमेरिकामा बुधबार विहान निधन भएको छ । 

स्वर्गिय कमला श्रेष्ठका कान्छा छोरा राजेश श्रेष्ठले यो कुराको जानकारी आफ्नो फेसबुक मार्फत दिएका हुन् भने स्वर्गिय आमाको अन्तिम् संस्कार गरिने कुरा उनका माहिला पुत्र राजिव श्रेष्ठले बताएका छन् । 

लामो समयदेखि मुटुको रोगको उपचार गराउँदै आएकी कमला श्रेष्ठको मुटुमा पन्ध्र वर्ष अगाडि नै भल्भ फेरेको कुरा राजीव श्रेष्ठले बताए । 

केही अगाडि मात्र तेस्रो पटकको जंको महारथारोहण सम्पन्न भएको थियो ।

अमेरिकाको जर्मन टावनमा परिवार संग बस्दै आएकी कमला श्रेष्ठ अचानक अस्वस्थ भएपछि उनलाई त्यहीं अस्पतालमा उपचारार्थ लागिएको थियो भने त्यहीं उनको आकस्मिक निधन भएको थियो । स्वर्गिय श्रेष्ठको माहिला छोरा राजिव श्रेष्ठ लगायत तीन छोरा र एक छोरी छन् ।

Categorized in व्यक्तित्व