STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कुलमान बर्खास्ती : पब्लिक युथ क्याम्पसमा मसाल जुलुस

Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र १५, शुक्रबार

काठमाडौं - अनेरास्ववियु क्रान्तिकारी, पब्लिक युथ क्याम्पसले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अन्यपूर्ण ढंगले बर्खास्त गरिएको भन्दै त्यसको विरुद्धमा नाराबाजीका साथ मसाल जुलुस प्रदर्शन गरेको छ ।

मसाल जुलुस समापनपछि प्रतिक्रिया दिँदै सोही क्याम्पस, अनेरास्ववियु (क्रान्तिकारी)का संयोजक रोशन कालिकोटेले प्राधिकरणमा जसको नेतृत्वले जनता लोडसेडिङ मुक्त भए, उसैलाई अन्यायपूर्ण ढंगले बर्खास्त गरिएकोमा त्यसप्रति गम्भीर असहमती र आपत्ती रहेको प्रतिक्रिया दिए । 

जनताको करबाट तलब खाएर बसेका शासकहरूले नै जनताको सेवकलाई अन्यायपूर्ण तवरले हटाउने दुस्साहस गरेकोमा अनेरास्ववियु (क्रान्तिकारी)को तर्फबाट आन्दोलन जारी रहने पनि उनले बताए ।

Categorized in राजनीति