STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कीर्तिपुरमा लियो क्लब अफ काठमाडौं कीर्तिपुरद्वारा फ्री बेसिक हेल्थ क्याम्प

Janjati Khabar – LALENDRA SHAKYA | २०८० आषाढ २३, शनिबार

लियो क्लब अफ काठमाडौं कीर्तिपुरको आयोजनामा कीर्तिपुरमा फ्री बेसिक हेल्थ क्याम्प सम्पन्न भएको छ ।

आज असार २३ गते शनिबार बिहान कीर्तिपुर १ वडास्थित बाघभैरव प्राङ्गणको प्रजा दबलीमा भएको उक्त फ्री बेसिक हेल्थ क्याम्प कार्यक्रममा ११० जना स्थानीय बासिन्दाहरुले उक्त बेसिक हेल्थ फ्री क्याम्पमा आ–आफ्नो स्वास्थ्य परीक्षण गरिएको जानकारी कीर्तिपुरका युवा समाजसेवी राजकमल महर्जन सुनिलले जानकारी दिनुभयो ।

समाजसेवी महर्जनका अनुसार उक्त फ्रि बेसिक हेल्थ क्याम्प प्रत्येक हप्ता विभिन्न स्थानमा आयोजना हुने अभियानको रुपमा रहेको छ ।

यस्तै फ्री बेसिक हेल्थ क्याम्पको माध्यमबाट आधारभूत स्वास्थ्य सेवा कीर्तिपुर नगरको हरेक वडाका मुख्य मुख्य चोक चोकमा संचालन गरी त्यहाँका स्थानीयहरुलाई स्वास्थ्य सेवामा लाभान्वित तुल्याउने उद्देश्य पनि लियो क्लब अफ काठमाडौं कीर्तिपुरको रहेको जानकारी पनि युवा समाजसेवी राजकमल महर्जन सुनिलले दिनुभयो ।

उक्त फ्री हेल्थ क्याम्पमा ब्लड प्रेसर क्याल्कुलेशन चेकअप, ब्लड सुगर टेष्ट, बीएमआई क्याल्कुलेशन वेट मेजरमेन्ट परीक्षण गरिएको थियो ।

लियो क्लब अफ काठमाडौं कीर्तिपुरका युवा नेतृत्वदायी स्वयंसेवक एवं स्वयंसेविकाहरुको सक्रियतामा सामाजिक एवं स्वास्थ्य तथा विभिन्न क्रियाकलापका कार्यक्रमहरु कीर्तिपुर नगर क्षेत्रभित्र निरन्तर हुँदै आइरहेको छ । उक्त कार्यक्रम अन्तर्गत आज शनिबार कीर्तिपुर १ वडा बाघभैरव परिसरको प्रजा दबुलीमा भएको फ्री बेसिक हेल्थ क्याम्प पनि एक हो ।

Categorized in स्वास्थ्य-मौसम