STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कान्सको रेडकार्पेटमा बालेन

Janjati Khabar – Janjati Khabar | २०८१ जेठ ६, आइतबार

काठमाडौं- काठमाडौं महानगरका मेयर बालेन शाह कान्स फिल्म फेस्टिभलको ७७औँ शृङ्खलाको रेड कार्पेट सहभागी भएका छन्।

बालेन कान्सका मेयर डेभिड लिसनार्डको निमन्त्रणामा कान्स फिल्म फेस्टिभलमा सहभागी भएका हुन्।

बालेन फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ।

फेस्टिभलको रेडकार्पेट र प्रिमियर कार्यक्रममा सहभागी भएका छन् भने उनले यस क्रममा बालेनले मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग भेटवार्ता गरेका छन्।

यस्तै उनले अडिओ भिजुअल कन्टेन्ट क्रियशन चेनको अवलोकन गर्ने छन्। उनको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सनको आयोजना हुनेछ।

फेस्टिभल १२ दिन चल्नेछ। यिमध्ये बालेन ३ दिनको कार्यक्रममा सहभागी भएर जेठ ७ गते स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ। 

Categorized in व्यक्तित्व