STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौंमा ह्वात्तै बढ्यो गर्मी

Janjati Khabar – Janjati Khabar | २०८० जेठ १८, बिहिबार

 

काठमाडौं - काठमाडौँ उपत्यकासहित देशैभर गर्मी बढेको छ । तत्काल पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्नसक्ने अनुमान छ ।

पछिल्लो दुई–तीन दिन यता काठमाडौंसहित देशभरकै अधिकतम तापक्रम दुईदेखि तीन डिग्री सेल्सियसले बढेको छ । गत सोमवार र मंगलवार काठमाण्डौको अधिकतम तापक्रम २९ दशमलव ८ डिग्री सेल्सियसको हाराहारीमा थियो ।

बुधबार ३२ दशमलव २ डिग्री सेल्सियसमा पुगेको छ । तराईका धेरैजसो क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस पुगेको छ भने केही क्षेत्रमा नाघेको छ ।

सिमराको अधिकतम तापक्रम ४१ दशमलव २ डिग्री सेल्सियस र भैरहवाको ४० दशमलव ९ डिग्री सेल्सियस पुगेको छ । यस्तै, नेपालगञ्ज, विराटनगर, सुनसरी लगायत क्षेत्रको मौसम ४० डिग्री सेल्सियसको हाराहारीमा छ ।

गर्मीको कारण सुनसरीको तीनवटा स्थानीय तहको सबै विद्यायल नै बन्द गरिएको छ । तापक्रम बढिरहेकाले तराईका जिल्लामा तातो हावा चल्ने सम्भावना समेत रहेको जल तथा मौसम विज्ञान विभाग पूर्वअनुमान महाशाखाले जनाएको छ ।

गर्मी बढी हुँदा तातो हावा चल्ने र लु लाग्ने सम्भावना भएकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

घाम चर्किएका बेला सकेसम्म घर बाहिर ननिस्कन र निस्कनै परे पातलो कपडाले टाउको छोप्न वा छाता ओढ्न विज्ञको सुझाव छ ।

Categorized in स्वास्थ्य-मौसम