STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौंमा छिटपुट वर्षा

Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण १०, बिहिबार

काठमाडौं– बिहीबार दिउँसो काठमाडौंमा छिटपुट वर्षा भएको छ।

बिहीबार बिहानैदेखि मौसम आंशिकदेखि सामान्य बदली रहेकोमा दिउँसो उपत्यकाका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षा भएको हो। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौंको दक्षिणी भूभागमा केही बेर छिटपुट वर्षा भएको हो।

काठमाडौंसँगै अहिले देशका अधिकांश भूभागको मौसम बदली रहेको र पाल्पा कास्की गोरखा, ललितपुर, सोलुखुम्बु, झापा लगायतका क्षेत्रहरूमा हल्का वर्षा भएको मौसमविद् अधिकारीले जानकारी दिए।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशभरको मौसम बदली रहेको र शनिबारदेखि मौसममा सुधार देखिने पूर्वानुमान छ।

'भोलि आंशिक सुधार र शनिबारदेखि करिबकरिब सुधार हुने पूर्वानुमान छ,' मौसमविद् अधिकारीले भने।

मौसम बदली हुँदा तापक्रम पनि केही घटेको छ। शनिबारदेखि मौसम सुधार भएपछि तापक्रम पुनः बढ्ने महाशाखाले जनाएको छ।

Categorized in स्वास्थ्य-मौसम